इन्दु साह
विराटनगर । विराटनगरमा जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा निर्माण हुने खानेपानी योजना आगामी असार १४ गते शिलान्यास हुने भएका छ ।
पाँच वर्षपछि जाईकाको योजना कार्यान्वयनको अन्तिम चरणमा पुगेको हो । २ अर्ब ६३ करोड लागत अुनमान गरिएको योजनाका लागि ग्लोबल टेण्डर लागेको छ। जसमा जापानिज कम्पनी सुमिजुले ठेक्का पारेको छ ।
नेपाल खानेपानी संस्थान विराटनगर शाखाका सूचना अधिकारी होम प्रसाद चौलागाईका अनुसार आगामी असार १४ गते नेपाल सरकारका खानेपानी मन्त्रीमार्फत शिलान्यास हुने जानकारी दिएका छन् । विराटनगर ५ कोचाखालमा आयोजना निर्माण हुनेछ । नयाँ पानी ट्याङ्की १६ लाख ५० लिटरको, फिल्टर प्लान्ट, कर्मचारी बस्ने भवन निर्माण लगायत विभिन्न संरचना निर्माण हुनेछ ।
यसैगरी विराटनगरको देवकोटा चौक, मुनालपथ र तिनपैनीमा समेत सहायक ट्याङकी र फिल्टर प्लान्ट रहनेछ । शिलान्यास गरिएको आयोजना असार अन्तिमबाट काम थालिने बताइएको छ ।