विराटनगर । विराटनगर-४ पिपल चोकस्थित 'ह्यापी आवर हेभेन' रेष्टुरेन्ट र हिमालयन दर्शन कलेजबीच सम्झौता भएको छ।
बुधबार आज एक कार्यक्रमबीच कलेजका विद्यार्थीहरुलाई इन्टरसिप र प्लेसमेन्टको अवसर उपलब्ध गराउने उदेश्यका साथ सम्झौता गरेको कलेजले जनाएको छ।
उक्त सम्झौता पत्रमा 'ह्यापी आवर हेभेन' रेष्टुरेन्टको तर्फबाट निर्देशक विवेक दाहाल र कलेजका निर्देशक भेषराज पोखरेलले हस्ताक्षर गरेका छन्। रेष्टुरेन्टरले कलेजमा स्नातक तहमा होटल म्यानेजेमेण्ट विएचएम अध्ययन गरेका विद्यार्थीहरुलाई तालिम दिने,इन्टरसिप र प्लेसमेन्टको अवसर दिने लगायत उक्त सम्झौता पत्रमा उल्लेख गरिएको छ।
उक्त कार्यक्रममा शैलेन्द्र शिवाकोटी,भरत सापकोटा लगायतको उपस्थिति रहेको थियो। शिक्षालाई उद्योगसँग जोड्नका लागि उक्त सम्झौता गरिएको कलेजका निर्देशक भेषराज पोखरेलले बताए।