विराटनगरमा आदिवासी जनजातीहरुको मौलिक नृत्य प्रदर्शनी

<span class='c1'>विराटनगरमा आदिवासी जनजातीहरुको</span> <span class='c2'>मौलिक नृत्य प्रदर्शनी</span>

विराटनगर । विराटनगर महानगरपालीका भित्र बसोबास गर्दै आएका आदिवासी जनजातीहरुले आफ्नो पहिचान सहितको भेषभूषा तथा बाजागाजा सहितको नृत्य प्रस्तुत गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद सचिवालय विराटनगरको आयोजना तथा विराटनगर महानगरपालीकाको सहयोगमा जातिय भेषभुषा तथा पहिचान सहितको बाजागाजा एवम् साँस्कृतिक नृत्यको संरक्षण गर्ने उद्धेस्यले कार्यक्रम आयोजना गरिएको थियो ।

विराटनगरको संगम पार्टी प्यालेसमा बुधबार आयोजित कार्यक्रममा विराटनगरका विभिन्न जातिय सस्थाहरु भेला भेला भई आफ्नो जातिय भेषभूषामा सजिएर साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा किराँत राई यायोक्खाले साकेला नाच, किराँत याक्थुङ चुम्लुङले च्याब्रुङ अर्थात केलाङ नृत्य, त्यसैगरी किराँत याक्खा छुम्माले याक्खा जातीको मौलिक नृत्य डोकेनी अर्थात साङदाङ लाक प्रदर्शनी गरेका थिए ।

त्यसैगरी नेवार समुदायले धिमे बाजागाजा प्रदर्शनी गरे भने तामाङ समुदायले सेलो नृत्य प्रस्तुत गरे । त्यसैगरी मगर समुदायले हुरर्रा नृत्य प्रस्तुत गरे भने उराँव समुदायले आफ्नो मौलिक नृत्य कर्माधर्मा जातिय भेषभुषामा सजिएर बाजागाजा सहित नृत्य प्रस्तुत गरे ।

कार्यक्रममा नेपाल आदिवासी जनजाती महांसघ मोरङका जिल्ला अध्यक्ष दिल बहादुर थेवे, नगर समन्वय परिषद सचिवालयका अध्यक्ष सुरेश सिंह गनगाई, लगायत विभिन्न जातिय समुदायका अगुवाहरुले नगर भित्रका जातिय सस्थाहरु एक आपसमा मिलेर आफ्नो हक अधिकारका निम्ती लड्नुपर्ने धारणा राखेका थिए ।

आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद विराटनगरमा अहिले १८ वटा जातिय सस्थाहरु अवद्धता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्