विराटनगरबाट सुरु भयो कोशी प्रदेशको ट्राफिक सप्ताह

<span class='c1'>विराटनगरबाट सुरु भयो कोशी</span> <span class='c2'>प्रदेशको ट्राफिक सप्ताह</span>

विराटनगर । सवारी दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले कोशी प्रदेशमा ट्राफिक सप्ताह सुरू भएको छ । १४ जिल्ला रहेको कोशी प्रदेशमा बिहीबार प्रदेश राजधानी विराटनगरमा एक समारोहबीच ट्राफिक सप्ताह सुरू गरिएको हो । विराटनगरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरेका थिए ।

सप्ताहको उदघाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रत्येक व्यक्ति सचेत भए मात्र सवारी दुर्घटना न्यूनिकरण हुने भएकाले यस्ता अभियानलाई निरन्तार दिनुपर्ने बताएका थिए । सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु चढाउनाले दुर्घटना बढिरहेको उनेको बुझाई थियो । यसलाई नियन्त्रण गर्न यातायात व्यवसायीले पनि सचेत हुनुपर्ने मुख्यमन्त्री कार्कीले बताए ।

कार्कीले दुर्घटनाको अवस्था भयावह भएको उल्लेख गर्दै सामुहिक प्रतिवद्धताको आवश्यकता रहेको बताएका थिए । दुर्घटनाबाट सयौंको संख्यामा मानिसहरुको मृत्यु भइरहेको र घाइते हजारौं भएको उल्लेख गर्दै यसको न्युनीकरणको लागि हरेक बर्ष ट्राफिक सप्ताहमा एउटा कमिटमेन्ट गरेर अगाडी बढ्नुपर्ने बताए । दुर्घटना न्युनीकरण गर्नको लागी यस्ता खालका प्रतिवद्धताले कोशी प्रदेशमा ५० प्रतिशत दुर्घटना कम हुने मन्त्री कार्कीले उल्लेख गरेका थिए ।

प्रदेश सरकारले ट्राफिक प्रहरीलाई व्यवस्थापन गर्न आवश्यक स्रोत साधन सहयोग गर्ने नीति लिएको उल्लेख गर्दै उनले ट्राफिक प्रहरीको संख्या बढाउन जरुरी रहेको बताए । झापा, मोरङ र सुनसरीको कुनै निश्चित क्षेत्रमा नमूना ट्राफिक व्यवस्थापनमा नमूना सडक घोषणा गरेर कार्यक्रम गरेको खण्डमा सकात्मक प्रचार हुने र यसका लागि ट्राफिक प्रहरीले सरकारसँग समन्वय गरेर काम गर्न मुख्यमन्त्री कार्कीले निर्देशन दिएका थिए । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले ट्राफिक सचेतना घर घरमा पुर्याउनुपर्नेमा जोड दिएका थिए । प्रदेश सरकारले ट्राफिक प्रहरीलाई आधुनिकीकरण गरेर लैजान सरकार लागि परेको समेत उद्धघोष गरेका थिए । कार्यक्रममा कोशी प्रदेशका डिआइजी चन्द्रकुवेर खापुङले प्रदेशमा सवारी दुर्घटना भयावह बन्दै गएको बताएका थिए। सडकको अवस्था, भौगोलिक कारण, सवारीसाधनको अवस्था, ट्राफिक नियमको उल्लङ्घन लगायत कारणले दुर्घटना भयावह बन्दै गएको उनको भनाई छ । भयावह अवस्थामा रहेको दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक सप्ताह सुरु गरिएको समेत उनले बताए ।

गत वर्षमात्रै यस प्रदेशमा ३ हजार ८२० दुर्घटनामा परी ५३१ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी सरोज पौडेलले कार्यक्रममा जानकारी गराएका थिए । जसमा १ हजार १ सय १४ जना गम्भीर घाइेत र ५ हजार ३३५ जना समान्य भाइते भएका छन् । वर्षेनी ८० प्रतिशत दुर्घटना वृद्धि भएको एसपी पौडेलले जानकारी दिए ।

सप्ताहको पहिलो दिन विराटनगर बसपार्कबाट सचेतनामूलक ¥याली निकालिएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको संयोजनमा भएको प्रभातफेरी ¥याली महेन्द्र चोक हुदै सिटी प्यालेसमा पुगेर भव्य कार्यक्रम भएको थियो । कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाहरुमा ट्राफिक कार्यलय बनाउनको लागी पहल गर्ने तथा जग्गादाताहरुलाई सम्मान गरिएको थियो ।

ट्राफिक सप्ताह अन्तर्गत दोस्रो दिन तीव्रगति नियन्त्रण तथा पार्किङ निषेध, तेस्रो दिन सडक अनुशासन कार्यान्वयन तथा कारवाही गर्ने, चौथो दिन प्रशिक्षण दिने ट्राफिक सचेतना सम्बन्धी पर्चा र पम्प्लेट वितरण गरिने कार्यक्रम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिएका छन् ।

अभियानको चौथा दिन सवारीको यान्त्रिक चेकजाँच तथा मापसे र लापसे चेकजाँच अभियानलाई तिव्रता दिने, पाँचौ दिन अनुमगन तथा कारवाही र अभियानको अन्तिम दिन अन्र्तक्रिया कार्यक्रम गर्दै समापन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्