विराटनगरमा छुरा प्रहार गरी एक जनाको ह*त्या

<span class='c1'>विराटनगरमा छुरा प्रहार गरी</span> <span class='c2'>एक जनाको ह*त्या</span>

विराटनगर । सुनसरीको दुहबी घर भएका एक जना युवकको विराटनगरमा छुरा प्रहार गरी हत्या भएको छ ।

सुनसरीको दुहबी नगरपालिका–१२ का २३ वर्षीय अक्लेशकुमार यादवको हत्या भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।

अक्लेश विराटनगर महानगरपालिका–४ इक्राहीस्थित रामलोचन यादवको घरमा पाहुना आएका थिए । रामलोचन अक्लेशका ठुलोबुवा रहेको प्रहरीले जनाएको छ । ठुलीआमाकी छोरी (बहिनी)को बिहेमा आएका बेला विराटनगर–४ का २४ वर्षीय गणेश यादवले चक्कु प्रहार गरेर अक्लेशको हत्या गरेको मोेरङ प्रहरीले जनाएको छ ।

अक्लेशका ठुलोबुवा रामलोचन र गणेश छिमेकी हुन् । डीएसपी बस्नेतका अनुसार बिहेको कार्यक्रम सकिएपछि गणेश र अक्लेशबीच सामान्य विवाद र भनाभन भएको पाइएको छ । उनीहरु एक साता अगाडी मोबाइलको विषयमा विवाद भएको प्रहरीले स्रोतले जनाएको छ । विवादपछि मोटरसाइकल चढेर आफ्नो घरतर्फ जाने तयारी गरिरहेका अक्लेशलाई बुधबार राति १० बजेतिर गणेशले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट बायाँ कोख र पेटमा चोट लागेर अवस्था गम्भीर बनेका अक्लेशलाई उद्धार गरी उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्याइएको थियो ।

अक्लेशको उपचारकै क्रममा बिहीबार बिहान ३ बजेतिर अक्लेशको मृत्यु भएको थियो । घटनामा संलग्न गणेश फरार छन् । फरार रहेका उनको खोजी भइरहेको डिएसपी बस्नेतले जानकारी दिनुभयो । अक्लेशको शव अहिले पनि नोबेल शिक्षण अस्पतालमा नै रहेको मृतकका आफन्तले बताएका छन् ।

यता मृतकका आफन्तले भने अक्लेशको उपचारमा चिकित्सकले ध्यान नदिएको र उपचारको क्रममा लापरबाहीका कारणले मृत्यु भएको आरोप लगाएका छन्। अहिले अस्पतालमा मृतकका आफन्त, चिकित्सक र अस्पताल प्रशासनबीच छलफल भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्