विराटनगरको दक्षिणी क्षेत्र डुबान, ‘ग्रयाभिटी फ्लो’ परीक्षणका लागि नाला खन्दै महानगर

<span class='c1'>विराटनगरको दक्षिणी क्षेत्र डुबान, ‘ग्रयाभिटी फ्लो’</span> <span class='c2'>परीक्षणका लागि नाला खन्दै महानगर</span>

विराटनगर । विराटनगर महानगरपालिकाले दक्षिणी क्षेत्रका वडामा हुने डुबानको निकास खोल्न थालेको छ । महानगरपालिकाले विराटनगर–१३ र १५ को सीमा क्षेत्र रिङ्गरोड दक्षिण पौने दुई किलोमिटर कोशी राजमार्गको समानान्तर हुने गरि नाला खन्न सुरु गरेको हो ।

यो नाला तत्कालिन रुपमा वर्षात्को पानी निकास गर्नका लागि प्रयोगमा आउने छ । विराटनगर १२, १३, १५ र १६ को संभावित डुबान जोखिमलाई न्युनीकरणका लागि महानगरपालिकाले तत्काल ‘ग्रयाभिटी फ्लो’ परीक्षणका लागि नाला निर्माण गर्नेछ । यसको अर्थ उत्तर–दक्षिण पानीको वहाव कसरी हुन्छ भनेर हेर्नका लागि तत्काल नाला मात्रै निर्माण गरिनेछ । महानगरपालिकाका इन्जिनयिर सुजनराज श्रेष्ठका अनुसार पाँचफिट चौडाई र तीन फिट गहिराईको नाला बनाएर यो वर्षात्मा पानीको निकास कसरी हुन्छ भनेर अध्ययन गरिनेछ । यदि पानीको वहाव सहज हुने अवस्था आएमा आगामी प्रिकास्ट नाला निर्माण गरिनेछ ।

‘अहिले हामीले वर्षात्सँगै पानीको निकास कसरी हुनसक्छ भनेर नाला खनिरहेका छौं, यसलाई ग्रयाभिटी फ्लो परीक्षण भनिन्छ’ इन्जिनियर श्रेष्ठले भने–अहिलेको नालाबाट पानीको सहज निकास हुने अवस्था आए आगामी हिउँदमा प्रिकास्ट नाला निर्माण गरिनेछ, यदि सुधार गर्नुपर्ने स्थिति देखिए डिजाइनमा संशोधन गरिनेछ ।

कोशी राजमार्गको रानी–रोडशेष खण्ड अन्तर्गत पश्चिमतर्फबाट सामानान्तर निकासका लागि नाला खनिनेछ । पौने दुई किलोमिटर दुरीको नाला हाजी आँखा अस्पतालतर्फ क्रसिङ गरिनेछ । कोशी राजमार्गको पूर्वतर्फ हाजि आँखा अस्पताल छ । पश्चिमतर्फ नाला निर्माण गरेर आँखा अस्पतालको पश्चिमतर्फ पुगेपछि त्यहाँबाट पूर्व डाइभर्सन गर्ने ड्रेन रहेको छ । पूर्वतर्फ डाइभर्सन भएपछि हाजी आँखा अस्पताल दक्षिणको पैनीमा पानी मिसिनेछ ।

महानगरपालिकाले यहाँको नाला निर्माण गर्ने योजना गतवर्ष नै निर्माण गरेपनि हिउँदमा बनाउँदा वर्षात्को पानीको फ्लो मिल्दैन की भन्ने सोचसहित असारमा सुरु गरेको हो । इन्जिनियर श्रेष्ठले उत्तरबाट दक्षिण पानीको फ्लो मिलाउन कहाँकहाँ ध्यान दिने भन्ने हिसाबले पनि पर्खेर बसेका हौं, अब पानी जम्दै जाँन्छ हामीले संरचना समेत सोहि अनुसारको निर्माण गरिराख्ने छौं । श्रेष्ठले यो नाला निर्माण भएपछि दक्षिणका केहि वडाको डुबान जोखिम कम हुने आसा राखिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्