इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकाको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ अनुसार महानगरका १९ वडामा ८ हजार ५५० घरधुरी डुवानको चपेटामा रहेका छन् ।
विराटनगरमा सिंघीया र केशलिया खोलाले सबैभन्दा धेरै नागरिक प्रभावित हुने गरेका छन् । सिंघीयाले विराटनगर १ को गंगाटोल, कुशलटोल श्रीनगर ख, नयाँवस्ती, बेलगाछी घ, बेलगाछी ख, धर्मशाला, सुनामीटोल, विजयपुरका २५७ घर डुबान जोखिममा रहेका छन् । यसैगरी २ मा सरस्वती वा कामत टोल, तिनपैनी पूर्वटोल, सिंघीया टोल डुबानबाट प्रभावित हुनेछन् ।
विराटनगर ४ मा भने केशलिया खोलाबाट प्रभावित हुने चम्राही, इक्राही पश्चिम खोला भित्ता क्षेत्र प्रभावित हुने सम्भावना रहेको छ । यहि वडामा वस्ता पैनीले समावेसी टोल, वनलोरी, इक्राही, दक्षिण यादवटोल, गँसुटोल, ज्वालाटोल गिरीटोल रहेको छ । यस वडामा केशलिया खोला र वस्ता पैनीवाट प्रभावित हुनेमा यि सबै टोलगरी ९२६ घरधुरी प्रभावित हुनेछन् । विराटनगर ५ मा समेत केशलिया खोला र वस्ता पैनी ले शंकरवारी,बाबाजी कुटि, धुनिया टोल, प्रगती टोल, विष्णुटोल, विशाल चोक, कोलरवा, जालपा टोल, समावेसी टोल को गरी जम्मा ६२५ घरधुरी डुवानबाट प्रभावित हुने देखिएको छ ।
विराटनगर ६ मा भने केशलिया खोला र वस्ता पैनीवाट बरमपुरा, लबटोली,संठिया,कारखाना,सुन्दरटोल,सुर्योदय टोल,सीतापुर, आदर्श टोल, लालीगुरासँ टोल डुवानबाट प्रभावित हुनेछन् । टोलका जम्मा १ हजार ५६२ घरधुरी डुबानबाट प्रभावित हुने देखिएको छ । वडा नम्बर ७ मा सिंघीया खोलाले हरियाली टोल, सरस्वतीटोल, संसारी साकम्वरी, गहेली, धर्मभक्त, हाटखोला गरी जम्मा २०५ घरधुरी प्रभावित क्षेत्र तोकिएको छ । सिंघिया खोला ले विराटनगर ८ को बालगोपाल टोल, पशु बधशाला क्षेत्र, विराटेश्वर बृद्दाश्रम क्षेत्र, स्वागतम टोल, बलुवाही र विश्वकर्मा चोकको गरी जम्मा ३ सय ७५ घरधुरी डुवानमा पर्ने सम्भावना रहेको छ ।
यस्तै केशलिया खोला र धुधुवा खोलाले विराटनगर ११ को ब्रम्हपुरा, धुधुवा पुर्व टोलको गरी जम्मा २ सय २० घरधुरी डुवानको चपेटामा पर्नेछ । १२ नम्बर वडामा केशलीया खोला,चेङगामारी पैनी र धुधुवा पैनीले मलहनुवा कामत टोल, मलहनुवा ऋषिदेव टोल, मलहनुवा राजवंशी टोल, सिमराही टोल, शंकरपुर गडाहा, धुँधुवा, दरैया समावेशी स्वागतम पशुपति टोल, आदर्शटोल, सिकियाही, गडाहा समावेशी टोल सिमराही शिवमन्दिर टोल लगायत गरी जम्मा ८ सय ३६ घरधुरी डुबान प्रभावित छन् । यस्तै विराटनगर १४ मा सिंघीया खोलाले ठाकुरटोल, विष्णुटोल, बयरवना, शिवटोल, सुकुम्वासी वस्ती, हँसमुखी टोल, नयाँ टोल गरी जम्मा ९५० घरधुरी डुबान प्रभावित रहेका छन् ।
विराटनगर १६ मा केशलिया खोला, एकाने खोला दरैया, नेङगमारी पैनी र माथिल्लो क्षेत्रबाट आएको पानीले दरैया दक्षिण टोल ऋषिदेव बस्ती समेत, चौठी टोल, प्रेमनगर, मिलन टोल, कोलहार, शान्तिटोल दक्षिण गेट समेत, आर्य टोल, दरैया १ नम्बर गेट गरी १ हजार १ सय तिन घरधुरी डुवानबाट प्रभावित हुने देखिएको छ । विराटनगर १८ मा सिंघीया खोलाबाट झटियाही लवटोलिया यादव टोल, नावघाट, दमादिघी, खोक्सा, भेडियारी,कालाबजार,फडानी दक्षिण गरी जम्मा १ हजार २ सय घरधुरी डुबानबाट प्रभावित हुने देखिएको छ ।
यस्तै विराटनगर १९ मा सिंघिया खोला, कुरिन्वा खोला, खदरा खोलाबाट खदरा थानटोल, शिवजी स्कुल पूर्व सरदारटोल, माथिल्लो खापटोल,तल्लो खापटोल, सुन्दरटोल, घिनाघाट मुसहरटोल, शिशवनी, काठेपुल, धनपुरा चम्रटोल, पन्चकन्या लगायतका क्षेत्रमा गरी जम्मा ३ सय ८६ घरधुरी डुवानवाट प्रभावित हुने भने विश्लेषण गरिएको छ । महानगरापालिकाले डुबान प्रभावित क्षेत्रको रेखाङकन गरेर उद्धारका केन्द्रहरु तय समेत गरिसकेको छ ।