विराटनगरमा एघार महिनामा ६४ जनामा एचआईभी/एड्स संक्रमित पहिचान

<span class='c1'>विराटनगरमा एघार महिनामा ६४</span> <span class='c2'>जनामा एचआईभी/एड्स संक्रमित पहिचान</span>

इशु पन्त
विराटनगर । विराटनगर महानगरपालिकामा २०८० साउनदेखि २०८१ असारको पहिलो सातासम्म ६४ जना एचआईभी/एड्सका सङ्क्रमित फेला परेका छन् ।

महानगरपालिका स्वास्थ्य शाखा प्रमुख दिलीप कुमार यादवका अनुसार यो तथ्यांक महानगरपालिकाकाको सिस्टम भित्रबाट मात्रै संकलन भएको हो ।

महानगरपालिकाको एचआईभी कार्यक्रम अन्तर्गत परीक्षण र परामर्श सेवाका क्रममा यौनकर्मी महिला/पुरुष, सुईद्वारा लागुऔषध प्रयोग गर्नेहरु, पुरुष समलिंगी र तेस्रोलिंगी, रगत वा अन्य अंग लिने, यौनकर्मीका ग्राहक, आप्रवासीहरु वा रोजगारीका लागि विदेशिनेहरु, आप्रवासीहरु वा रोजगारका लागि विदेश जानेहरुको जीवन साथी र जेलका कैदीहरुमा गरिएको परीक्षण गरिएको थियो । विराटनगर महानगरपािलकामा उमेर समूहका आधारमा १५ वर्ष मुनीका १ जना संक्रमित छन । यसैगरी १५ वर्षदेखि ४९ वर्षसम्मका ४९ जना र ४९ वर्ष भन्दा माथिका १४ जनामा संक्रमण पुष्टि भएको हो ।

विराटनगर महानगरपालिकासँग सहकार्य गरिरहेका गैर सरकारी स्वास्थ्य संस्थाहरुहरुको समेत आफ्नै तथ्यांक रहेको छ । स्वास्थ्य शाखा प्रमुख यादवले अन्य संघसंस्थाको तथ्यांक महानगरको सिस्टममा राखिएको छैन । महानगरपालिकाले आफ्नो स्वास्थ्य संस्थामा परीक्षणका लागि आएका र अन्य स्वास्थ्य संस्थाबाट उपलब्ध तथ्यांकलाई मात्रै समेटेको छ । विराटनगर महानगरले पाँच वर्ष मुनिका संक्रमित बालबालिकालाई एक हजार रुपैयाँ मासिक उपचार खर्च बापत उपलब्ध गराउँदै आएको छ । अहिले औषधी र परीक्षणको भने निःशुल्क छ। विराटनगर महानगरपालिकामा ३० देखि ३५ जना एचआईभी संक्रमित बालबालिकाहरू विद्यालयमा अध्ययनरत रहेको शिक्षा शाखा प्रमुख कृष्ण भट्टराईले जानकारी दिएका छन् । उनले एचईभी लागेको बालबालिकालाई विद्यालयले भर्ना गर्न अफ्ठयारो मान्ने र व्यवहार फरक गर्ने हुने भएकाले छात्रवृत्ति र भर्ना प्रक्रिया गोप्यका साथ बढाईने बताए ।

महानगरले एचआईभी प्रभावित बालबालिका विद्यार्थीका लागि आवासीय प्रबन्ध प्रति विद्यार्थीलाई वार्षिक ४० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्