बर्खा लागेपछि आगोलागी नियन्त्रण तालिम, हिउँदमा होला बाढी उद्धार डेमो

<span class='c1'>बर्खा लागेपछि आगोलागी नियन्त्रण तालिम,</span> <span class='c2'>हिउँदमा होला बाढी उद्धार डेमो</span>

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयको तालिम केन्द्रमा बिहीबार विपद् व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धित डेमो प्रदर्शन भएको छ । सात दिने अनुशिक्षण तालिम सम्पन्न गरेपछि आगलागीका समयमा उद्धार तथा नियन्त्रण कसरी गर्ने भन्ने विषय रहेको थियो ।

प्रहरीले बर्खा लागेपछि संभावित आगलागी जोखिमका बारेमा डेमो प्रदर्शन गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङको प्रमुख आतिथ्यता कार्यक्रम सन्पन्न गरिएको जानकारी दिइएको छ ।

कोशी प्रदेश प्रहरी तालिम केन्द्रको खेल मैदानमा भएको प्रदर्शनीमा प्रशिक्षार्थीहरुले प्राकृतिक स्रोत साधन तथा अग्नी नियन्त्रक फायर एक्सटिंग्विशरको प्रयोग गरिएको थियो । प्रहरीले आगोलागी नियन्त्रण, आगोमा परेर घाईते भएकाहरुको उद्दार, घटनास्थल सुरक्षा, आगोलागी नियन्त्रणमा प्रयोग हुने बिपद सामाग्रीको प्रयोग, ग्याँस सिलिण्डरमा भएको आगोलागी नियन्त्रण, शरिरमा आगो लाग्दा निभाउने तरिकाको अभ्यास तथा भिरबाट लडेर घाईते भएका तथा मृत्यु भएका ब्याक्तिको लाईन डोरीको प्रयोग गरी उद्दार अभ्यास प्रदर्शन भएको थियो । बर्खा लागेपछि आगोलागी नियन्त्रण तालिम लिएको छ । अहिले डुबान र बाढीको जोखिमयाम हो ।

उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले बिपदको अवस्थामा नागरीकले प्रहरी प्रति ठुलो आशा र भरोसा गरेको हुनाले प्राकृतिक तथा मानविय विपदको जोखिम न्युनिकरण, रोकथाम तथा सुरक्षा लगायत विविध विषयमा सहजिकरण गर्न प्रहरीको मुख्य भुमिका रहेको बताएका थिए ।

डेमो प्रदर्शनीमा कोशी प्रदेश प्रहरी तालिमकेन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्लेल, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्