एसईइ अन्तर विद्यालयस्तरीय फुटबलमा डन बस्को स्कुलको विजयी सुरुवात

<span class='c1'>एसईइ अन्तर विद्यालयस्तरीय फुटबलमा डन</span> <span class='c2'>बस्को स्कुलको विजयी सुरुवात</span>

विराटनगर । विराटनगरको डन बस्को स्कुलले एसईइ अन्तर विद्यालयस्तरीय रनिङ शिल्ड फुटबलमा विजयी सुरुवात गरेको छ ।

विराटनगरको शहिद मैदानमा शुक्रबारबाट सुरु भएको फुटबल प्रतियोगितामा डन बस्कोले सत्यनारायण माध्यमिक विद्यालयलाई ३-२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

कुल ५० मिनेटको खेलमा जित हात पारेको डनबस्कोका लागि युनिक राई, निकुश खतिवडा, र तनुज राजवंशीले गोल गरेका थिए । पहिलो खेलमा पराजित हुदै विद्यालय फर्किएको सत्यनारायणका लागि साजीद आलम र भरतकुमार चौधरीले गोल फर्काएका थिए । प्रतियोगिता अन्र्तगत शनिबार ५ वटा खेल हुने आयोजक पोखरिया युथ केयर एकेडेमीका विक्रम कार्कीले जानकारी दिए । प्रतियोगिता संयोजक समेत रहेका कार्कीका अनुसार सुनसरी र मोरङका ४४ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा ८ सय ८० विद्यार्थी खेलाडी र ४४ प्रशिक्षक मैदानमा उत्रनेछन् । प्रतियोगिताको उपाधि भीडन्त असार १८ गते हुने उनले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन प्याब्सनका केन्द्रीय सल्लाहकार तथा पूर्व अध्यक्ष टीकाराम पुरी, महानगरपालिका-१ का वडाध्यक्ष काजी बस्नेत, विराट गोल्डकपका पूर्व अध्यक्ष सन्तोष बानियाँ लगायतले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्