विराटनगरमा क्रिकेट रंगशाला : राष्ट्रिय गौरव घोषणा गरेर एक करोड बजेट !

<span class='c1'>विराटनगरमा क्रिकेट रंगशाला : राष्ट्रिय गौरव</span> <span class='c2'>घोषणा गरेर एक करोड बजेट !</span>

विराटनगर । सरकारले गत कार्तिकमा देशका तीनवटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा राखेर निर्माण गर्ने निर्णय गरेको थियो । मूलपानी मैदान (तल्लो) मोरङको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र चितवनका गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला थिए ।

सरकारले यो निर्णय गरेसँगै धेरैलाई लागेको थियो, क्रिकेट पूर्वाधारमा सरकारको बजेट प्राथमिकतामा पर्दछ । मूलपानी र बैजनाथपुर रंगशाला राष्ट्रिय खेलकुद परिषद राखेप मातहतमा छन् । राखेपकै रेखदेखमा रंगशाला निर्माण थालिएको यिनलाई आगामी आर्थिक वर्षमा समते बजेट भने छैन ।

राष्ट्रिय खेलकुद परिषद्का सुचना अधिकारी खुशराज दाहालका अनुसार गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई आगामी वर्ष विस्तारका लागि एक करोड रुपैयाँ रकम बिनियोजन भएको छ । खेलकुद पूर्वाधार निर्माणका लागि सरकारले बिनियोजन गरेको बजेट र राष्ट्रिय गौरव आयोजनाका लागि घोषणा गरेको निर्णय भने नमिल्दो देखिएको हो ।

क्यान मोरङका अध्यक्ष साद बाबु कुरैसीले सरकारका निर्णय र घोषणा साह्रै सस्तो हुने गरेको बताए । उनले क्यान मोरङसँग कसैले कुनै पनि विषयमा सोधखोज नगर्ने भएकोले क्रिकेट रंगशाला निर्माणको विषय चासो भएर पनि कार्यन्वयन गर्ने तहमा सुझावयोग्य नरहेको बताए । मोरङ जिल्ला खेलकुद विकास समिति कार्यालयका राजन पोखरेलले बजेटको विषय अहिलेसम्म जानकारी नै नआएको बताए । जिल्लास्थित कार्यालयलाई कति बजेट परेको छ भन्नेसम्म पनि जानकारी नहुनु खेलप्रतिको चासो कति भन्ने प्रश्न उब्जाउनयोग्य मानिन्छ ।

सरकारले क्रिकेट खेलका पूर्वाधारतर्फ मूलपानी क्रिकेट एकेडेमी निर्माण काठमाडौंका लागि पाँच करोड विनियोजन गरिएको छ । त्यसैगरी पोखरा क्रिकेट स्टेडियम निर्माण कास्कीलाई एक करोड विनियोजन गर्दा कीर्तिपुर क्रिकेट मैदानको फ्लर्ड लाइट तथा स्कोर बोर्ड जडानका लागि दुई करोड विनियोजन भएको छ ।

त्यसैगरी कोहलपुर क्रिकेट रंगशाला तथा महिला क्रिकेट एकेडेमी निर्माण कोहलपुर बाँकेका लागि एक करोड विनियोजन गर्दा गिरिजाबाबु क्रिकेट रंगशाला विराटनगर १९ बैजनाथपुरलाई एक करोड विनियोजन भएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्