विराटनगरको अचेत समुह र एभरेष्ट स्कुलको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न

<span class='c1'>विराटनगरको अचेत समुह र एभरेष्ट</span> <span class='c2'>स्कुलको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न</span>

विराटनगर । विराटनगरको अचेत समुहको आयोजना र एभरेष्ट स्कुलको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार विराटनगरको एयरपोर्ट नजिकमा रहेको नहरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो

।दीर्घकालीन योजनासहित नहर सरसफाइ गर्ने अभियानमा जुटेको विराटनगरको अचेत समुहको आयोजना र एभरेष्ट स्कुलमा संचालित स्काउट दलमा आवद्ध विद्यार्थीहरुको सहभागितामा भएको वृक्षारोपण कार्यक्रममा एक सय वटा विरुवा रोपिएको स्थानीय स्काउट, विराटनगरका प्रमुख आयुक्त नविन पहाडीले बताए।

एभरेष्ट स्कुलका विद्यार्थीहरू सामाजिक कार्यहरूमा निरन्तर सहभागी हुँदै आएका छन्। गत माघ २० गतेदेखि सुरु भएको नहर सरसफाइ कार्यक्रम हालसम्म निरन्तर चलिरहेको छ। यसले स्थानीय वातावरण संरक्षणमा युवाहरूको योगदान र सामुदायिक सहभागिताको महत्त्वलाई उजागर गरेको छ।

उल्लेखनीय रूपमा, विराटनगरका युवाहरू गत २१ हप्तादेखि यस अभियानमा निरन्तर संलग्न छन्।

मोरङ सुनसरी सिंचाई योजना अन्तर्गतको कोशी राजमार्ग पश्चिमको नहर सफाईमा प्रत्येक शनिबार विभिन्न सामाजिक संस्थाहरूसँगको सहकार्यमा मिलेर काम गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्