विवाह गराई दिने भन्दै लमीले ठगेपछी…

<span class='c1'>विवाह गराई दिने</span> <span class='c2'>भन्दै लमीले ठगेपछी…</span>

इन्दु साह
विराटनगर । सामाजिक सञ्जालमा जोडिएकी किशोरीसँग चिनजान र विवाह गराई दिने भन्दै लमीको काम गरेर एक युवकलाई तीनलाख ५० हजार रुपैँया ठगी गरिएको छ । ठगीमा परेका ३० वर्षीय युवकले मन पराएका युवतीसँग विवाह गराउन पहल गर्ने भन्दै लमी बनेकी महिलाले तीन लाख ५० हजार रुपैँया ठगी गरेकी हुन् ।

प्रेमिकाका लागि लमीलाई पैसा बुझाएका युवक एक वर्षदेखि न्यायको खोजीमा जिल्ला अदालत मोरङ धाईरहेका छन् । उनले लमी बनेकी ग्रामथान–३ राधाकुमारी माझी विरुद्ध जालझेल गरेर ठगी कसुर गरेको आरोपमा मुद्दा हालेका हुन् । अदालतमा भेटिएका युवकका अनुसार एकजना युवतीबाट फ्रेण्ड रिक्वेस्ट आयो । उनले त्यसलाई स्वीकार गरेपछि सामाजिक सञ्जालमा कुराकानी हुन् थाल्यो । त्यहि बेला उनलाई अर्को पनि रिक्वेस्ट आयो । अर्की युवतीसँग चिनजान गर्न पहिले साथी बनेकी माझीले आग्रह गरिन् । त्यसपछि उनी जोडिए ।

त्यति भनेपछि युवक र किशोरीबीच दैनिक कुराकानी भईरहेको थियो । माझी उत्त कुराकारी भईरहने केटी आफ्नो मितिनि भन्दै आएकी थिइन्। विवाह गर्न पनि आग्रह गर्दै आएकी थिइन् । युवकका अनुसार लामो समयसम्म कुराकानी भएपनि युवतीसँग विवाह गर्ने मोडमा कुराकानी पुगेको थियो ।

त्यहि बेला राधा माझी भन्ने महिलाले युवती बिरामी परेको खबर दिइन् । खबर दिनासाथ युवक पनि झसङ्ग भए । उनले अन्जान युवतीसँग फेसबुकमा जोडिएर यति लामो कुराकानी भईसकेको भन्ने कुरालाई मनन् गरिरहेका थिए । त्यहि बेला राधा माझीले उपचार गर्ने पैसा नपुगेको खबर दिइन् । जस अनुसार युवकले उपचारका लागि पैसा माझीमार्फत पठाउँदै गए । जब ३ लाख ५० हजार रुपैयाँ पैसा दिईसकेपछि भने राधा माझी समेत सम्पर्क विहीन भइन् । उनले आफ्नी मितीनी भन्दै विवाह गराई दिने भनिएकी केटीको समेत फेसबुक एकाउन्ट बन्द भयो ।

त्यसपछि लमी बनेकी राधा पनि सम्पर्क विहीन र भेट हुन नपाउँदै प्रेमिका समेत सम्पर्क विहीन भएका थिए । यसपछि युवकले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । सामाजिक सञ्जालको दुरुपयोग गरेर ठगी गरेको कसुरमा प्रहरीमा जाहेरी दिए । कसुर गर्ने माझी फरार सूचिमै राखेर घटनाको अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा बिचाराधीन रहेको छ । एक वर्षदेखि युवक अदालतमा मुद्दाको पेसी बुझ्न आईरहेका छन् । तर, उनलाई ठगी गर्ने राधाकुमार माझी र प्रेमिका भने सम्पर्कमा छैनन् ।

मोरङ जिल्ला अदालतमा यस्ता धेरै मुद्दाहरु दर्ता भएका छन् । आर्थिक वर्ष २०८०/२०८१ मा यस्ता ठगीका ३८ मुद्दा दर्ता भएका छन् । गत आर्थिक वर्ष २०७९/२०८० मा समेत ३८ वटा र आर्थिक वर्ष २०७८/२०७९ मा ७४ मुद्दा दर्ता भएको तथ्यांक छ । तथ्यांक अनुसार अदालतमा सामाजिक सञ्जालमार्फत हुने ठगीहरु, रोजगारीमा लगाउने भन्दै गरिने ठगी, नागरिकता बनाई दिने भन्दै हुने ठगी, रोजगारी लगाउने भन्दै हुने ठगी जस्ता घटना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्