दशौं सन्तान जन्माउन भारतबाट विराटनगरका अस्पतालमा

<span class='c1'>दशौं सन्तान जन्माउन</span> <span class='c2'>भारतबाट विराटनगरका अस्पतालमा</span>

विराटनगर । भारत अररिया जिल्ला डुमरियाकी ३६ वर्षीया नुजाहा खातुन दशौं सन्तानकी आमा बनेर फर्केकी छिन् ।

उनी भारतबाट विराटनगरमा प्रसुती गराउन जेठ ३२ गते आएकी थिइन् । विराटनगर–७ रंगेली रोडमा रहेको मकालु एभरेष्ट हस्पिटलमा भर्ना भएकी उनी दशौं सन्तान लिएर १५ दिनपछि घर फर्केकी हुन् ।

भारतमा राम्रो उपचार नहुने लागेपछि खातुन विराटनगर आएकी थिइन् । उनले कलिलै उमेरमा नौजना सन्तानलाई जन्म दिईसकेकी थिइन् । स्वास्थ्य एकदम कमजोर भएपछि विराटनगरमा उपचार गराउने निर्णयमा पुगेकी थिइन् । गत जेठ ३२ गते मकालु एभरेष्टमा भर्ना भएकी खातुनलाई आईसीयूमा राखेर हेरचाह गर्नुपर्ने थियो । उपचारमा संलग्न चिकित्सक विभा मण्डलका अनुसार आमाको स्वास्थ्य कमजोर भएका कारण समस्या थियो । स्वासप्रश्वासमा पनि समस्या देखिएको उनको पाठेघरमा पनि जटिलता थियो ।

अस्पतालका बरिष्ठ प्रसुती तथा स्त्रीरोग विशेषज्ञ बिभा मण्डलको टिमले खातुनलाई पूर्ण हेरचाह गरेर प्रसुती गराउन सफल भएको थियो । उनले दशौं सन्तानलाई जन्म दिएकी उनमा शारिरीक कमजोरी धेरै देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्