सुपर सिक्स क्रिकेट प्रतियोगिताको उपाधि राजविराजलाई

<span class='c1'>सुपर सिक्स क्रिकेट</span> <span class='c2'>प्रतियोगिताको उपाधि राजविराजलाई</span>

विराटनगर। लियो क्लब अफ विराटनगरले आयोजना गरेको सुपर सिक्स क्रिकेट प्रतियोगिताको उपाधि सप्तरीको राजविराजले जितेको छ ।

विराटनगर–६ स्थित म्यारीबोन ज्याला क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा दुहबीलाई ४ विकेटले पराजित गर्दै राजविराजले उपाधि जितेको हो।

निर्धारित ५ ओभरको खेलमा राजविराजले ६ विकेट गुमाउदै ९५ रनको योगफल तयार पारेको थियो । ९६ रनको लक्ष्य पाएको दुहबीले निर्धारित ५ ओभरमा सबै विकेट गुमाउदै ५२ रन बनाएको थियो।

पाँच ओभरमा भएको खेलको एक टीममा ६ जना खेलाडी समावेश गरिएको खेल संयोजक महबुब इराकीले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टीमले नगद ७५ हजार, दोस्रो हुनेले ४० हजार र ट्रफी प्राप्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्