बुढीखोलाको बाढीमा फस्दा सुन्दरहरैंचाका एकको मृत्यु, दुई वेपत्ता

<span class='c1'>बुढीखोलाको बाढीमा फस्दा सुन्दरहरैंचाका</span> <span class='c2'>एकको मृत्यु, दुई वेपत्ता</span>

विराटनगर । बुढीखोलामा आएको बाढीमा परेर एकजनाको मृत्यु भएको छ भने दुईजना वेपत्ता भएका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिका ५ गौशलास्थित बुढीखोलामा माछा मार्ने क्रममा अचानक आएको बाढीले चारजनालाई बगाएको थियो ।

बगाएकामध्ये सुन्दरहरैंचा–५ निवासी २२ वर्षीया फुदनी भन्ने प्रेमकला चौधरीको लास बरामद भएको हो । उनको बुढीखोलाको पश्चिम किनार सुनसरीको इटहरी–४ मा लास फेला पारिएको मोरङका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिएका छन् । यसैगरी बगाएकामध्ये सुन्दरहरैंचा–५ निवासी २२ वर्षीया स्वस्तिका चौधरीलाई उद्धार गरिएको छ । बगाएकामध्ये सुन्दरहरैंचा–५ कै ६० वर्षीया असरादेवी चौधरी र ३० की फुलाचौधरी वेपत्ता रहेको प्रहरीले जनाएको छ ।

दिउँसो १२ः१० बजेको समयमा चारैजना माछा मारिरहेको अवस्थामा बाढी आएको थियो । अविरल वर्षापछि आएको बाढीले चारजनालाई बगाएको भनेपछि जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्की आफैं घटनास्थलमा पगेका थिए । । उद्धारमा इलाका प्रहरी बेलबारीबाट प्रहरी निरीक्षकको टोलि र अस्थायी प्रहरी पोष्ट बलियाको टोलि परिचालित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्