विराटनगरमा १९० जना बालबालिकालाई अत्यन्त गम्भीर कुपोषण

<span class='c1'>विराटनगरमा १९० जना बालबालिकालाई</span> <span class='c2'>अत्यन्त गम्भीर कुपोषण</span>

इशु पन्त
विराटनगर । विराटनगर महानगरपालिका भित्र छ हजार ४६० जना बालबालिकामा कुपोषण पहिचान भएका छन् । महानगरपालिकाले आर्थिक वर्ष २०७९/२०८० बैशाखबाट सुरु गरेको बाल स्वास्थ्य विशेष कार्यक्रमका क्रममा सम्पर्कमा आएको यति बालबालिकामा कुपोषण पहिचान भएको हो ।विराटनगर महानगरपालिका भित्र छ हजार ४६० जना बालबालिकामा कुपोषण पहिचान भएका छन् । महानगरपालिकाले आर्थिक वर्ष २०७९/२०८० बैशाखबाट सुरु गरेको बाल स्वास्थ्य विशेष कार्यक्रमका क्रममा सम्पर्कमा आएको यति बालबालिकामा कुपोषण पहिचान भएको हो ।बालबालिकाहरूलाई लक्षित विशेष कार्यक्रममा आगामी आर्थिक वर्ष २०८१/०८२ मा पनि जारी रहने छ । महानगरपालिकाका तथ्याङ्क अधिकृत दिपक भट्टराईका अनुसार दुई वर्ष मुनीका ६ हजार ४६०जन बालबालिकामा कुपोषण पहिचान भएको हो । जसमा सामान्य कुपोषण भएका बालबालिकाहरू ५ हजार ६६२ जना रहेका छन् र मध्यम कुपोषण भएको ६०८ जना रहेका छन् र अत्यन्त कुपोषण १९० जना बालकालिकाका सम्पर्कमा आएका हुन् ।

सरकारको नीति तथा कार्यक्रम अनुसार स्थानीय तहले यो कार्यक्रम सञ्चालन गरिरहेका हुन् । अत्यन्त गम्भीर कुपोषण भएका बालबालिकालाई कोशी अस्पतालको न्युट्रिशन रिह्याबिलिटेशन सेन्टरमा एक महिनासम्म निःशुल्क उपचार गराइन्छ। मध्यम कुपोषण भएका बालबालिकालाई ओटीसी सेन्टरबाट पोषिलो प्याकेज वितरण गरिने स्वस्थ्य शाखा दिलीप यादव बताउँछन् ।

जसमा दूध, अण्डा, केरा, चामल, दाल लगायतका पौष्टिक सामाग्री छन्। सामान्य अवस्थाका बालबालिकाको पोषण लेखाजोखा गरिन्छ, पोषिलो आहार र जंक फूडको बेफाइदा बारे जानकारी दिइन्छ, र बालभिटा तथा भिटामिन ए जस्ता सूक्ष्म पोषक तत्वहरू दिइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्