विराटनगरका सामुदायिक विद्यालयको नतिजा आसा लाग्दो

<span class='c1'>विराटनगरका सामुदायिक विद्यालयको</span> <span class='c2'>नतिजा आसा लाग्दो</span>

इशु पन्त
विराटनगर । विराटनगरका तीन सामुदायिक विद्यालयको नतिजा निजी विद्यालयसँग प्रतिष्पर्धा योग्य आएको छ । विराटनगरको पोखरीया मा.वि.बाट परीक्षामा सामेल भएका परीक्षार्थीमध्ये ८९.३७ प्रतिशत विद्यार्थी कक्षा ११ पढ्न पाउने गरी उत्तिर्ण भएका छन् ।

विद्यालयका प्राचार्य खेमराज भट्टराईका अनुसार परीक्षामा ४३३ विद्यार्थी सहभागी भएकामध्ये ३.८६ जीपीएसम्म ल्याएर विद्यार्थी उत्तिर्ण भएका छन् । प्राचार्य भट्टराईका अनुसार ३.६ देखि ४ जीपीएसम्म ५३ जना, ३.२ देखि ३.६ सम्म १७८ जना, २.८ देखि ३.२ सम्म ल्याउने १२० जना र २.४ देखि २.८ सम्म ल्याउने ३६ जना रहेका छन् । प्राचार्य भट्टराई नतिजा उत्सासपद रहेको बताएका छन् ।

विराटनगरमा सामुदायिक विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल देखिएका हुन् । शैक्षिक सत्र २०८० को एसईई परीक्षामा विराटनगर ७ स्थित सत्यनारायण माध्यमिक विद्यालयका ३२४ विद्यार्थीले परीक्षा लेखेका थिए । साधारण धार र प्राविधिक धारबाट परीक्षा दिएका विद्यार्थीमध्ये ७२.३१ प्रतिशत उत्तीर्ण भएका हुन्। विद्यालयका एक विद्यार्थीले ३.८२ जीपीए प्राप्त गरेका छन् भने १७ जनाले ३.६ भन्दा माथि, ६९ जनाले ३.२ भन्दा माथि, १०२ जनाले २.८ भन्दा माथि, ४६ जनाले २.४ भन्दा माथि र १ जनाले २.० भन्दा माथि जिपिए प्राप्त गरेका हुन्।

त्यसैगरी आदर्श माध्यमिक विद्यालयमा अनिक कुमार केवरटले ३.९५ र दिपेश कुमार मण्डलले ३.९१ जीपीएसहित उत्तीर्ण भएका छन्। विद्यालयबाट ३७८ विद्यार्थीहरूले परीक्षा दिएकोमा ३.६० जीपीए भन्दा माथि ४१ जना, ३.२० जीपीए भन्दा माथि ११२ जना, २.८० जीपीए भन्दा माथि १०६ जना,२.४० भन्दा माथि ३५ जना, २ भन्दा माथि १ जना, १.६ भन्दा माथि ५९ जना रहेको विद्यालय प्रशासनले तथ्यांक सार्वजानिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्