एसईई रिजल्टमा कोशी प्रदेशमै एभरेष्ट उत्कृष्ट भएको दावी

<span class='c1'>एसईई रिजल्टमा कोशी प्रदेशमै</span> <span class='c2'>एभरेष्ट उत्कृष्ट भएको दावी</span>

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले यस वर्षको एसईईको रिजल्ट कोशी प्रदेशकै उत्कृष्ट ल्याएको दावी गरेको छ । यस वर्ष एभरेष्टका २१२ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए ।

ती मध्ये ४ जीपीए ल्याउने तीनसहित ११२ जनाले ३.६१ देखि ४ जीपीएसम्म ल्याएका छन् । ३.२१ देखि ३.६ सम्मको जीपीए ल्याउने विद्यार्थीको संख्या ९२ जना रहेको छ ।

यस्तै बाँकी ८ जनाले २.८१ देखि ३.२ सम्म ल्याउँदै शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । अहिलेसम्मको सार्वजनिक भएका नतिजाहरु हेर्दा एभरेष्टको नतिजा कोशी प्रदेशकै उत्कृष्ट रहेको भाइस प्रिन्सिपल टिएन भण्डारीको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्