शैक्षिक गुणस्तरमा उचाई बढाउदै एभरेष्ट कलेज

<span class='c1'>शैक्षिक गुणस्तरमा उचाई</span> <span class='c2'>बढाउदै एभरेष्ट कलेज</span>

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर–५ मा रहेको एभरेष्ट कलेजले शैक्षिक गुणस्तरमा हरेक वर्ष उचाई बढाउदै लागेको छ।

कोशी प्रदेशकै नमुना शिक्षण संस्थाका रुपमा अघि बढिरहेको एभरेष्ट कलेजले भौतिक संरचनासँगै विश्वस्तरीय शिक्षण सिकाई अवलम्बन गर्दै आएको छ । विस २०५० सालमा स्थापना भएको एभरेष्ट स्कुल फाउण्डेसनमा रुपान्तरण भइअहिले प्ले ग्रुपदेखि स्नातकतहसम्म अध्ययन गराइरहेको संस्था हो । औपचारिक शिक्षा मात्र पूर्ण नहुने भन्दै एभरेष्टले आफ्ना विद्यार्थीहरुको सर्वाङ्गिण विकास हुनुपर्ने र यहाँका उत्पादन असल नागरिकको रुपमा दर्ज हुनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै आएको छ । पछिल्लो समय भने एभरेष्टले निश्चित संख्यामा मात्र विद्यार्थी भर्ना लिएर सर्वोत्कृष्ट शिक्षा प्रदान गर्ने रणनितिलाई प्रभावकारी बनाउँदै लगेको छ । भौतिक संरचनाले भरिपूर्ण एभरेष्टले कक्षा ११ मा विज्ञान, व्यवस्थापन विषय अध्ययापन गराउने गरेको छ । अन्तर्राष्ट्रियस्तरको भौतिक संरचना विकास गरेको एभरेष्टका प्रत्येक कोठाहरुमा इन्टरनेटको सुविधा, प्रोजेक्टरको व्यवस्था,आइटी फ्रेन्ड्ली कक्षा , एसिको व्यवस्था रहेको एभरेष्टका संस्थापक तथा प्रिन्सिपल टिकाराम पुरीले बताउनुभयो।

सक्षम नेतृत्व,कुशल व्यवस्थापन,उत्कृष्ट शैक्षिक वातावरणको छवी बनाएको एभरेष्ट कलेज विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा पर्ने गरेको कलेजको दाबी छ। विद्यालयस्तरदेखि नै उत्कृष्टता हासिल गर्दै अघि बढेको एभरेष्टको विद्यालय स्तरमा छ पटकसम्म राष्ट्रिय तथा क्षेत्रीय शिल्ड प्राप्त गरेको छ । २०७४ सालमा देशकै सर्वोष्ट बन्दै तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीबाट नगद दुई लाखसहित शिल्ड, प्रमाण–पत्र र राष्ट्रिय झण्डाबाट सम्मानित भएको एभरेष्टले कक्षा ११ को प्रारम्भमा नै व्यवस्थापन संकायमा नेपाल प्रथम भएर अब्बलता प्रमाणित गरि सकेको छ । यस्तै एभरेष्ट कलेज लगातार २ वर्ष विज्ञान संकायमा पनि प्रदेश प्रथम हुन सफल भयो । त्यसपछि पनि लगातार आफ्नो उत्कृष्टता कायम राख्न एभरेष्ट सफल हुँदै आएको छ । एभरेष्टले आफ्नो गुणस्तरीय शिक्षामा कमी आउन नदिन विज्ञान र व्यवस्थापन संकायका लागि अत्याधुनिक ल्याव, पुस्तकालयको स्थापना समेत गरेको छ । अझ विद्यार्थीहरुलाई अनुसन्धानमा केन्द्रित गराउन आफ्नै ‘इनोभेशन सेन्टर’(आविस्कार केन्द्र) निर्माण गरेको छ ।

विश्वस्तरीय शिक्षण सिकाईलाई प्रभावकारी बनाउन एभरेष्टले समय समयमा विश्वका चर्चित विश्वविद्यालयबाट गेष्ट लेक्चरको समेत व्यवस्था मिलाउँदै आएको छ । यस्ता गतिविधिले विद्यार्थीलाई अनुशासित र सृजनशिल हुन उत्प्रेरणा जाग्ने गरेको कलेजको बुझाई छ ।

यसका अतिरिक्त खेलकुद क्षेत्रमा पनि विद्यार्थीको अब्बलता कायम राख्न सक्नुपर्छ भन्दै एभरेष्ट कलेजले अन्तर्राष्ट्रिय स्तरका खेल संरचनाहरुको विकास गरेको छ । एभरेष्ट कलेज परिसर भित्रै स्विमिङपुल , फुटबल मैदान, भलिबल तथा बास्केटबल कोर्ट, टेबल टेनिस, मार्सल आर्ट, तेक्वोन्दोका लागि कवर्ड हल, प्रयाप्त मैदान, अन्तर्राष्ट्रिय मापदण्डमा आधारीत रहेर निर्माण गरेको छ । यस्तै संगीत तथा नृत्यका लागि छुट्टै हल निर्माण गरेको एभरेष्टले प्रत्येक खेलकुदका क्षेत्रका प्रशिक्षकहरु राखेर विद्यार्थीको रुचि अनुसार कक्षा सञ्चालन गर्दै आएको छ ।

२० वटा बस उपलब्ध रहेको एभरेष्टले आवश्यकता अनुसार संख्या बढाउँदै लैजानुपर्ने भन्दै आफ्नै बसपार्क समेत निर्माण गरेको छ । एभरेष्टले आफ्ना विद्यार्थीहरुलाई विश्वका जुनसुकै स्थानमा पुग्दा पनि सबल प्रतिष्पर्धी बन्न सक्नुपर्ने लक्ष्य लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्