४ जीपीए ल्याउने विद्यार्थीको रोजाइमा शिक्षादीप कलेज

<span class='c1'>४ जीपीए ल्याउने विद्यार्थीको</span> <span class='c2'>रोजाइमा शिक्षादीप कलेज</span>

विराटनगर । गुणस्तरीय शिक्षामा अब्बल सावित भएको विराटनगरको शिक्षादीप कलेज एसईईको परीक्षामा ४ जीपीए ल्याएर उत्तीर्ण हुने विद्यार्थीको रोजाइमा परेको छ ।

सुविधा सम्पन्न भौतिक पूर्वाधारबाट मेडिकल, इन्जिनियरिङ र प्रविधिको क्षेत्रमा अब्बल कलेजको रुपमा स्थिापित शिक्षादीपमा ४ जीपीए ल्याउने विद्यार्थीको रोजाइमा परेको हो ।

बिहीबार प्रकाशित भएको नतिजा अनुसार ४ जीपीए ल्याएकी विराटनगर २ शंकरपुर घर भएकी १५ वर्षीया सिरिन भट्टराईले शिक्षादीप कलेज रोजेकी छिन् । उनले विराटनगर २ मा रहेको बुढानीलकण्ठ स्कुलबाट एसइईको परीक्षा दिएकी थिइन् । ४ जीपीए ल्याएर उत्तीर्ण गरेपछि शिक्षादीपमा विज्ञान संकाय लिएर अध्ययन गर्ने उनले सुनाइन् ।

सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती प्राध्यापक, शिक्षक, शिक्षिकाहरूबाट पठनपाठन हुने भएको कारणले शिक्षादीप कलेज रोजेको उनले बताइन् । ‘विज्ञान संकाय लिएर पढेपछि पछि मेडिकल क्षेत्रमा जाने बताईन् ।

सिरिनले शिक्षादीपमा उच्च शिक्षा अध्ययन गर्ने भएपछि कलेजले बिहीबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । उनलाई खादा र माला लगाएर कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का लगयात अन्य कलेजका टिमहरुले स्वागत गरेका थिए । ४ जीपीए ल्याउने विद्यार्थी भट्टराईलाई प्रिन्सिपल खड्काले बधाइ ज्ञापन गर्दै आगमी शैक्षिक सफलतको शुभकामना दिए । कलेजले विद्यार्थी केन्द्रित शैक्षिक वातावरण तयार पारेको कारणले विद्यार्थी र अभिभावको रोजाइमा शिक्षादीप कलेज परेको प्रिन्सिपल खड्काल बताए । उत्कृष्ट शैक्षिक वातावरण, अनुशासन, क्यारियर डेभलपमेन्ट अवसर, निरन्तर सुपरिवेक्षण शिक्षादीप कलेजको सफलताको सूत्र भएको प्रिन्सिपल खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्