व्यक्तिगत लगानीमा बनेको नाला विराटनगर–११ का अध्यक्षले भत्काएको गुनासो

<span class='c1'>व्यक्तिगत लगानीमा बनेको नाला विराटनगर–११</span> <span class='c2'>का अध्यक्षले भत्काएको गुनासो</span>

इन्दु साह
विराटनगर । विराटनगर–११ जनपथ टोल नहर पूर्वतर्फका स्थानीयवासीले बनाएको ५० फिट नाला वडा अध्यक्ष समेतको संलग्नतामा भत्काइएको छ । स्थानीय सरकारले नागरिकका लागि विकास योजनामा प्राथमिकता दिनुपर्नेमा निजी लगानीका नाला बिना कारण भत्काएको गुनासो छ ।

बुधबार भएको वर्षामा पानीको निकास खोल्न भन्दै घर अगाडी बनाइएको ६० फिटमध्ये ५० फिट नाला भत्काइएको हो । ३ फिट चौडाई ५ फिट उचाईको इटाको नाला भत्काई दिएको उनीहरुले गुनासो गरेका छन् ।

वडा अध्यक्षसहित केहि स्थानीयले नाला भत्काएर जमिनमा जमेको पानी दक्षिणतर्फ पठाउन खोजेका थिए । तर, नाला भत्काएपछि दक्षिणतर्फ खाली जग्गामा जमेको पानी उल्टै उत्तरतर्फ नै पसेर बस्तीलाई असर गरेको पीडित मुर्सिद आलमको दावी छ । आलम, छिमेकी कपश्लेवर मेहता र महेश महतोले घर निर्माणसँगै नाला समेत निर्माण गरेका थिए । झण्डै चारलाख रुपैँया लागतमा निर्माण भएको नाला बिना काम भत्काएपछि उनीहरुले अन्यायमा परेको गुनासो गरेका छन् ।

उनीहरुले आफ्नो घर अगाडी निजी लगानीमा निर्माण भएको ६० फिटमध्ये ५० फिट नाला भत्काएपछि कि त निर्माण गर्नुपर्ने नत्र अदालतमा गएर कानुनी साहरा लिनेसम्मको योजना रहेको बताए ।

विराटनगर–११का अध्यक्ष तिर्थेन्द्र न्यौपानेले आवेगमा आएर केहि व्यक्तिहरुले नाला भत्काई दिएको बताए । उनले आफू त्यहिं भएपनि केहि व्यक्तिहरुले आवेगमा आएर पानीको निकास निकाल्ने भन्दै धमाधम नाला भत्काएर नकाम गरेको बताए । तर, यता पीडितहरुले भने वडा अध्यक्षसँगै हुँदा नागरिकको कुरा नसुनेर शक्ति प्रदर्शन गरेको बताए । पीडित मुर्सिद आलमले नालामा कुनै कचेडा वा जाम भए दुई घण्टा भित्रमा सफा गरिसक्ने बताएको बताए । नाला नभत्काईकन पनि छेउबाट पानीको निकास निकाल्ने क्षेत्र रहदा समेत जबर्जस्ती गरेर पल्टाइएको बताए । पीडितले नाला निर्माण वा क्षतिपूर्ति भरण हुनुपर्ने माग समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्