्विराटनगर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालयले गत बिहीबार माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्यो ।
एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएकोमा दुई लाख ४२ हजार ९२ जनामात्रै उत्तीर्ण भए । बाकी सबै फेल ।
परीक्षाको नतिजा सार्वजनिक भएसँगै विद्यालयहरुले उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्मान तथा विदाईका कार्यक्रमहरु भव्य रुपमा भईरहेका छन् । तर कुनै कुनै विद्यालयका एक जना पनि विद्यार्थी पास नभएर पुर्पुरोमा हात राखेर दुःखमा छन् । यसपटकको एसइई परीक्षाको नतिजाले एका तर्फ खुशीको क्षण दिएको भने अर्को तर्फ दुखको । हो यस्तै भएको छ मोरङ जिल्लाको एक विद्यालयमा ।
मोरङ जिल्लाको एउटा विद्यालयका एक जना पनि विद्यार्थीहरु पास भएनन् भनेर सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर वास्तवमा भने यो कुरा यथार्थ हो ।
शुक्रबार विहान आवर विराटनगरलाई एउटा फोन आउछ । उक्त फोन मोरङको जहदा गाउँपालीका ४ मा रहेको सार्वजनिक विद्यालयका एक अभिभावकको थियो । हाम्रा नानीहरु पढ्ने स्कुलका सबै विद्यार्थीहरु फेल भए हामीले स्कुलमा आन्दोलन गर्दैछौ भन्ने सुचना दिए । उक्त कुरा सुनेर स्वयम हामी पनि अचम्मित भयौ । नभन्दै हामी उत्त स्कुल तर्फ लाग्यौँ । जब हामी पुग्दा स्कुलमा फेल भएका विद्यार्थी , अभिवभावक र शिक्षक शिक्षिका भेला भएर विद्यार्थी फेल भएका बारे छलफल भईरहेको थियो । उक्त विद्यालयबाट ६२ जनाले एसइई परीक्षा दिएका थिए । तर एक जना पनि विद्यार्थी पास नभएपछि विद्यार्थी ,शिक्षक शिक्षिका र अभिभावहरु समेत अचम्मित परेका थिए । यता अभिभावक तथा विद्यार्थीहरुले भने स्कुललाई दोष लगाउदै स्कुलका शिक्षक शिक्षिकाहरुको सातो खाईरहेका थिए ।
यता सार्वजनिक विद्यालयका प्रार्चय सुवास प्रसाद सिंहले यसपटकको विद्यालयको परीक्षाको नतिजाले भने आफुहरुलाई लज्जित पारेको दुख व्यक्त गरे । नेपाल सरकारले ग्रेडिङ सिस्टम लागु गरेका कारण र प्रस्नपत्रको मोडलहरु पनि परिवर्तन भएका कारण विद्यार्थीहरु हतोसाहित भएर यस्तो नतिजा आउन सकेको प्रचार्य सिहले सुनाए ।
यसपटक आएको नराम्रो नतिजाले विद्यालयले धेरै पाठ सिकेको विद्यालयका प्रार्चय तथा शिक्षक शिक्षिकाले बताएका छन् । ६२ जनाले दिएको परीक्षामा सबै फेल हुनु भनेको विद्यालयको लागी दुरभाग्य रहेको र आगामी दिनहरुमा यसलाई सुधार गर्दै जाने प्रार्चय सिहले प्रतिवद्धता जनाए ।
२०६२ सालबाट एसएलसी सुरु भएको विद्यालयको यसपटकको सेन्टर लक्ष्मीनियामा रहेको दुर्गा माविमा परेको थियो । यता कार्यबहाक विद्यालय व्यावस्थापन अध्यक्ष तथा वडा नम्बर ४ का वडा अध्यक्ष शिव शंकर गामीले विद्यालयको नाम नै बदनाम हुने किसिमको रिजल्ट आउनुले समाजमा नराम्रो सन्देश जाने भन्दै यसको गम्भिर भएर समिक्षा गर्नुपर्ने बताएका छन् । आखिर कहाँ नेर गल्ती भएको छ , विद्यार्थी वा शिक्षक शिक्षिका या त अभिभावकको गल्तीलाई स्वीकार गर्दै आगामी दिनमा यसलाई सुधार गरेर लैजानुपर्ने वडा अध्यक्ष गामीले उद्घोष गर्नुभयो ।
हुनत यसपटकको एसइई परीक्षा दिएका मध्ये आदा भन्दा बढी विद्यार्थीहरु फेल भएका छन् । यस अघिको एसइईमा ग्रेडिङ प्रणलीमा फेल भएपनि प्लस टु पढ्न पाईन्थ्यो । तर यस पटक भने पास हुनका लागि ३५ अङ्क ल्याउनै पर्ने नयाँ व्यवस्थाले गर्दा धेरै विद्यार्थी फेल भएको अनुमान गरिएको छ ।