रोपाहार विद्यार्थी

<span class='c1'>रोपाहार</span> <span class='c2'>विद्यार्थी</span>

विराटनगर । निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थी किताबी ज्ञान बाहेकमा खासै रुची राख्दैन भन्ने सामाजिक मनोविज्ञान छ । सूचना प्रविधिको विकासले विद्यार्थीलाई असामाजिक समेत बनाई रहेको बेला विराटनर–५ एभरेष्ट बोर्डिङ स्कुलले भने विँद्यार्थीलाई रोपहार बनाएर खेतमा धान रोप्न लगाएको छ ।

राष्ट्रिय धान दिवसको अवसरमा शनिबार एभरेष्टको कक्षा १० मा अध्ययनरत विद्यार्थी ग्रामथान गाउँपालिकाकास्थित झोराहाटमा मेला गएका हुन् । विद्यालयले बस चढाएर विद्यार्थीलाई झोराहाटको खेतमा मेलो लगाउन लगेको थियो । धान रोप्ने रोपाहार बनेर खेतमा पुगेका विद्यार्थीलाई असार १५ र यसको महत्व, दही चिउरा खाने दिन, धान दिवसको विषयमा जानकारी दिइएको थियो ।

साहित्यकार तथा कलाकार भरत गुरागाईंको संयोजन सशयमेगकमा एभरेष्ट कक्षा १० का सम्पूर्ण विद्यार्थीलाई रोपाँईमा सहभागि गराएको विद्यालयका भाइस प्रिन्सिपल नारायण कडरियाले बताए । यस्तै रोपाई सकेर विद्यार्थीहरुलाई दही चिउरा खाने संस्कृतिमा समेत सहभागि गराइएका थियो ।

विद्यार्थीहरुलाई शैक्षिक ज्ञानसँगै असल संस्कृति र परम्परालाई पनि बुझाउनुपर्छ भन्ने उद्देश्यले रोपाँईमा सरिक गराइएको प्रिन्सिपल टिकाराम पुरीले जानकारी दिए । कृषिप्रधान हाम्रो देशमा विद्यार्थीहरुलाई खेतीका कर्मसँग नजिक गराउँदा त्यसले सामाजिकीकरणमा समेत सकारात्मक प्रभाव पार्ने उनको बुझाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्