विराटनगरका दुई निजीसहित ११ विद्यालयको एसइई नतिजा शून्य

<span class='c1'>विराटनगरका दुई निजीसहित ११</span> <span class='c2'>विद्यालयको एसइई नतिजा शून्य</span>

विराटनगर । मोरङका दुई निजी र २८ सामुदायिक विद्यालयको एसइई नतिजा शून्य आएको छ । जिल्लाका १६९ सामुदायिक र २२५ संस्थागत विद्यालयबाट एसइईमा सामेल विद्यार्थीमध्ये ३० विद्यालयलाई निल लागेको हो ।

शिक्षा समन्वय इकाई मोरङका अनुसार विराटनगर महानगरपालिकामा दुई निजीसहित ११, ग्रामथान गाउँपालिकाका ५, केराबारीका ४, लेटाङका ३, जहदा र बुढीगंगाका दुई/दुई तथा उर्लाबारी, कानेपोखरी र रंगेलीका १/१ विद्यालयको नतिजा शून्य आएको हो ।

विराटनगरको विराट भिक्टोरीया र ग्रिननर्थ प्वाइन्ट बोर्डिङ स्कुलको नतिजा शून्य आएको हो । त्यसपछि विराटनगरको नाम चलेको जनता नमुना विद्यालयले पनि नजिता शून्य ल्याएको छ । त्यसबाहेक विराटनगरका विराट महेन्द्र रात्री मावि, गायत्री संस्कृत मावि, वालमावि जतुवा, शिक्षा सदन मावि, जनता मावि इक्राही, सार्वजनिक मावि बैजनाथपुर, तालीमुल कुरान मावि, जामिया माविको एसईई नतिजा शून्य छ ।
त्यसैगरी उर्लाबारीको राधिका मावि स्कुलडाँडा, कानेपोखरीका बाल माबि हरकपुर, केराबारी गाउँपालिका अर्न्तगतका सार्वजनिक माबि केराबारी, सरस्वती माबि पाटीगाउँ, रामपुर माबि भोगटेनी र जनकल्याण माबिको नतिजा पनि शून्य छ ।

ग्रामथान गाउँपालिका अर्न्तगतको पब्लिक माबि धनिवनी गाउँ, वाणी मावि सिध्राहा, वीरेन्द्र मावि झोराहाट, गणेश मावि धोवियारी, बुध्देश्वर मावि बुधनगर, सार्वजनिक मावि सिसवनी जहदा, नारायण मावि डंग्राहा, जनप्रिय मावि टंकी जनता मावि आमतोला रंगेली, साग्मा मावि भोगटेनी, भोगटेनी मावि भोगटेनी र लक्ष्मी मावि बारङगीको नतिजा शून्य छ ।

मोरङका सामुदायिक र सस्थागत गरी ३ सय ९४ विद्यालयका १७ हजार ५ सय ४५ परीक्षार्थी मध्ये ५३.२९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । तीमध्ये विभिन्न पाँच निजी विद्यालयका ८ जनाले ४ जिपीए ल्याएका छन् । ४ जीपीए ल्याउनेमा विराटनरको एभरेष्ट वोर्डिङ स्कुलका राजु साह, सुब्रत वराल र कृतज्ञ दाहाल छन । त्यसैगरी सगरमाथा आवासीय विद्यालयका प्रतिभा रौनियार, रेड स्टार बोर्डिङ स्कुल पथरीका सतीश आचार्य र अजय लिम्बु, पशुपति आवासीय विद्यालय उर्लावारीकी अन्वेशा बस्नेत र बुढानीलकण्ठ आवासीय मावि विराटनगरका सिरिन भट्टराई छन् ।

यसअघि लगातार ४ जिपिए ल्याएर अविभावकको आर्कषण बनेका विराटनगरका सामुदायिक विद्यालय मध्ये पोखरीया उच्च मावि र आर्दश उच्च माविको नतिजा यसपाली पनि सन्तोषजनक छ । आर्दशका अनिलकुमार केवरटले ३.९५ र दिपेशकुमार मण्डलले ९३.३७ जिपीएसहित ९३.७ प्रतिशत विद्यार्थी उत्तीर्ण गरेर सामुदायिक तर्फ जिल्ला प्रथम भएको छ । त्यसैगरी पोखरीया उच्च माविका रिजन मिश्रले ३.८६ जिपीएसहित ८९.३७ प्रतिशत नतिजा ल्याएको छ ।

मोरङमा १७ हजार ५ सय ४५ परीक्षार्थी मध्ये ८ हजार ८८९ जना अर्थात ५३.२९ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख टंकप्रसाद गौतमले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्