रविन कार्कीमा सत्ता र शक्तिको उन्माद, व्यक्तिगत घरमा ढुंगा हान्दै छलिदैं

<span class='c1'>रविन कार्कीमा सत्ता र शक्तिको उन्माद,</span> <span class='c2'>व्यक्तिगत घरमा ढुंगा हान्दै छलिदैं</span>

विराटनगर । काँग्रेस नेतृ, पूर्व प्रदेश सांसद एवं कोशी प्रदेश खेलकुद विकास बोर्ड उपाध्यक्ष विन्दिया कार्कीका छोरा रविन कार्कीले सत्ता र शक्तिको उन्माद देखाउँदै एक व्यक्तिको घरमा ढुंगा हानेका छन् ।

विराटनगर–३ पानीट्याङ्कीस्थित कुनाल गुप्ताको घरमा कार्की र राहुल सहनीले बिहीबार बेलुका ८ः १५ बजे ढुंगा प्रहार गरेर घरका सिसा फोड दिएका हुन् । दिनभर जोगबनी र साँझमा भट्टाचौकको क्याफेमा बसेर विराटनगरको उत्तरी क्षेत्रमा आतंक मच्चाउन थालिएको हो । कार्कीका उश्रृंखल गतिविधि पुरानै हुन् । पछिल्लो समय भने कसैको व्याक फोर्समा उनले आफ्ना गतिविधि सुरु गरेका हुन् । पीडित कुनाल गुप्ताका अनुसार उनी पनि पहिले रविनको साथी थिए । तर, कुन बेला कता लगेर फसाउँछ भन्ने लागेपछि उनले संगत छोडेको बताउँछन् । गुप्ताले मोरङ प्रहरीमा जाहेरी समेत शुक्रबार लिएर गएका थिए । तर, शुक्रबार दर्ता नगरी आइतबारलाई प्रहरीले बोलाएको थियो ।

सत्ता र शक्तिको आडमा कार्कीका दैनिकीले उनकी आमा बिन्ध्या कार्की समेत दिक्क भएको कुरा गर्दै हिड्छिन । गुप्ताका अनुसार बिहीबार बेलुका घरमा तोडफोड गरेपछि शुक्रबार बिहानै उनी त्यहाँ पुगेकी थिइन् । सुरुमा आफ्नो छोराले नगरेको जिकीर गरिरहेकी उनलाई सिसी क्यामरा फुटेज देखााएपछि मात्रै स्वीकार गरेकी थिइन् । कार्कीले त्यसपछि गुप्तालाई मिलेर अगाडी बढ्न सुझाव दिएर फर्केकी उनले बताए ।
गुप्ताका अनुसार उनले आफ्नो फेसबुक पेजमा पुष्पलाल चौकका विमल भट्टराईको समर्थन जनाएका थिए । त्यसपछि कार्कीले मेसेन्जरमा भन्न नमिल्ने गाली दिएर भ्वाइस मेसेज पठाए । कार्कीले यस अगाडी विमल भट्टराईको घरमा समेत सिसीका बोतल हानेर भागेका थिए ।

मोरङका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले घटना भएको नोटिसमा आए पनि यससँग सम्बन्धित मुद्दा दर्ता नभएको बताए।
घटनाका विषयमा केहि अध्ययन हुने बताए । उनी विभिन्न घटनामा जोडिएर कारागार चलान समेत भएपनि नक्कली लाइसेन्स बनाएर छुटेको चर्चा छ।

यता विन्दिया कार्कीले भने घटनामा अरु नै जोडिए पनि आफ्नो नाम जोडेर आउने गरेको बताइन् । उनले कुनाल र रविन साथीसाथी भएकोले मुद्दाको प्रक्रिया जान नसक्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्