म्यादमा सकिएन विराटनगरको हृदयेन्द्र बाल उद्यान निर्माण

<span class='c1'>म्यादमा सकिएन विराटनगरको हृदयेन्द्र</span> <span class='c2'>बाल उद्यान निर्माण</span>

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १ स्थित हृदयेन्द्र बाल उद्यानमा नयाँ संरचना निर्माणको काम सुस्त भएको छ । निर्माण व्यवसायीले समयमै काम नगर्दा बारम्बार म्याद थप गराउने गरिएको हो ।

निमार्ण कम्पनी एस.बि.डि ले २०८० श्रावण १ गते महानगरसँग सम्झौता गरेको थियो । एक करोड २० लाख ४३ हजारमा रकम कबोलमा बाल उद्यानमा संरचना बनिरहेका हुन् ।
महानगरपालिकाका ईन्जिनियर सुमन घिमिरेका अनुसार हृदयेन्द्र बाल उद्यानको संरचना निर्माण लगायत अन्य गरी ६५ प्रतिशत कार्य सम्पन्न भएको छ । म्याद गत चैतमै गुज्रेको भएपनि असारसम्म थप गरिएको थियो । इन्जिनियर घिमिरेले निर्माण व्यवसायीमार्फत ढिलाई भईरहेको बताए ।

निमार्ण व्यवसायी धिरज कार्कीले पार्कमा स्वीमिङ पुल, जीप लाइन, पीङ्ग, क्यान्टिन भवन, चेन्जिङ रुप लगायतका संरचनाको काम भईरहेको बताए । उनले यी संरचना धेरैजसो रेडिमेड सामाग्री प्रयोग हुने भएकोले पनि ढिलाई भईरहेको उनको भनाई छ ।

वषौँदेखि अलपत्र अवस्थामा रहेको बाल उधानसँग विराटनरवासीको बाल्यकालका मिठा सम्झना रहेका छन् । यस पार्कले नयाँ स्वरुप पाउँछ भन्ने आसा रहेको २३ वर्षीया प्रिया भगतले बताइन् । २०६० चैत २१ गतेदेखि संचालनमा आएको बाल उधान विगत केहिवर्षदेखि फोहोर र घाँसपातले छोपेको थियो । महानगरपालिकाले यसलाई पुनर्जिवन दिन योजनामा समेटेर काम गरिरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्