विराटनगरमा १२० सिसी क्यामराको निगरानी, जिल्लाभर ३५५ वटा जडान

<span class='c1'>विराटनगरमा १२० सिसी क्यामराको निगरानी,</span> <span class='c2'>जिल्लाभर ३५५ वटा जडान</span>

विराटनगर । मोरङमा २० स्थानमा कन्ट्रोल रुम खडा गरेर ८३ किलोमिटर दुरीमा सिसी क्यामरा निगरानीमा छ । संघ, प्रदेश र स्थानीय तह तथा विभिन्न संघसंस्थाको सहयोगमा जिल्लाभर ३५५ वटा सिसी क्यामरा जडान भईसकेका छन् । मोरङका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार सबै इलाका प्रहरी कार्यालयको सेवा क्षेत्र भित्र सिसी टिभी निगरानीको सुविधा पुगिसकेको हो ।

प्रदेश राजधानी विराटनगरमा मात्रै १२० सिसी क्यामरा जडान गरिएको छ । जसको निगरानी जिल्ला प्रहरी कार्यालय मोरङको कन्ट्रोल रुमले गर्दे आएको छ । गतवर्षसम्म राजमार्गका तीन खण्ड भित्रको ६० किलोमिटर दुरी सिसी क्यामराको निगरानीमा थियो । पछिल्लो समय ३५५ सिसी क्यामराले दैनिक गतिविधिलाई क्याप्चर गरिरहेको छ ।

मोरङमा सिसीटिभीको सञ्जाल काठमाडौंपछिको ठूलो मानिन्छ । सिसी टिभीका लागि रानी–धरान कोशी राजमार्गको सीमान्त क्षेत्र रानीदेखि महानगरपालिकाको ढाटसम्म अप्टिकल फाइबर नै बिछ्याइएको छ। त्यस्तै महेन्द्र राजमार्गको इटहरी बुढीखोलादेखि पूर्व भाउन्नेसम्म र पथरीदेखि उर्लाबारीसम्म दुई खण्ड अप्टिकल फाइबर राखिएको छ। बाँकी क्षेत्रमा समेत विस्तार भईसकेको छ ।

जिल्लाभर फिक्स्ड र पिटिजेड गरी दुई प्रकारका क्यामेरा जडान गरिएको छ । सुरक्षा संवेदनशीलता र अपराध अनुसन्धानका लागि सिसी क्यामरा प्रभावकारी बन्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्