म्यानेजमेन्ट हबको रुपमा स्थापित हुने दौडमा विराटनगरको नमुना विद्या मन्दिर

<span class='c1'>म्यानेजमेन्ट हबको रुपमा स्थापित हुने</span> <span class='c2'>दौडमा विराटनगरको नमुना विद्या मन्दिर</span>

विराटनगर । म्यानेजमेन्ट हबको रुपमा स्थापित हुने दौडमा रहेको विराटनगर - ८ मा रहेको नमुना विद्या मन्दिर।

विस २०५० सालमा स्थापित नमुना विद्या मन्दिर म्यानेजमेन्ट हबको रुपमा स्थापित हुने दौडमा रहेको तथा भौतिक रुपले दर्विलो शैक्षिक संस्था हो।

विस २०५४ सालदेखि एसएलसी परीक्षामा सम्मिलित भएको विद्या मन्दिरले २०७० सालको एसएलसी परीक्षामा विज्ञानतर्फ शशांक भट्टराई ९८ प्राप्तांग ल्याउदै नेपाल प्रथम भएको नमुना विद्या मन्दिरले जनाएको छ ।

उत्कृष्ट पुर्वाधार, उत्कृष्ट शिक्षण विधिको कारण नै प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल यस नमुना विद्या मन्दिरले प्लस २ मा व्यवस्थापन र शिक्षा पठनपाठन गराउदै आएको छ।

गुणस्तरीय शिक्षा दिनको लागि दक्ष तथा अनुभवी प्राध्यापक, शिक्षक,शिक्षिकाद्वारा सिमित विद्यार्थी राखेर अध्ययापन गराउदै आएको विद्यालयका प्रिन्सिपल शिव प्रसाद अधिकारीले बताउनुभयो।

विद्यालयभित्र सुविधा सम्पन्न भौतिक संरचना र प्रयाप्त खेल मैदान व्यवस्थित तथा अत्याधुनिक विज्ञान प्रयोगशाला, पुस्तकालयको व्यवस्था गरिएको छ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण, व्यवस्थित कक्षा कोठा, दक्ष तथा अनुभवी प्राध्यापक, शिक्षक,शिक्षिका र संस्कारसहित पठनपाठन हुने विद्या मन्दिरले जनाएको छ। कम शुल्कमा गुणस्तरीय शिक्षा,स्वच्छ र व्यवस्थित चमेना गृह साथै शैक्षिक अवलोकन भ्रमणको समेत व्यवस्था रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्