कमाउाँदा कमाउँदै घाईते, उपचार राम्रो नहुँदा सहारा माग्दै विराटनगरकी सरस्वती

<span class='c1'>कमाउाँदा कमाउँदै घाईते, उपचार राम्रो</span> <span class='c2'>नहुँदा सहारा माग्दै विराटनगरकी सरस्वती</span>

इन्दु साह
विराटनगर । दैनिक गार्मेन्टमा काम गरेर परिवारको जीविकोपार्जन चलाउँदै आएकी सरस्वती राजबंशी अहिले आफैं सहयोग माग्दै हिडिरहेकी छिन् । एकवर्ष अगाडी असारमा विराटनगर–१२ निवासी राजबंशीलाई पञ्चालीमा पैदल हिँडिरहेको अवस्थामा मोटरसाइकलले ठक्कर दियो । उनको खुट्टा तीन ठाउँ भाँचियो ।

काशीराज पौडेल सवार मोटरसाइकलले ठक्कर दिएको थियो । दुर्घटना गराउन संलग्न पौडेल समेत स्थानीयवासी हुन् । उनी सवार मोटरसाइकलले राजबंशीलाई ठक्कर दिएर घाईते भएपछि उपचारमा सहयोग पनि गरेका थिए ।
तीन ठाउँ भाँचिएको खुट्टामा स्टिल हालिएको छ । डाक्टरले आगामी कार्तिकमा स्टिल झिक्न भनेको छ । तर, सरस्वतीको खुट्टा बीचमै इन्फेक्सन भएर सुनियो । मासिक रुपमा गार्मेन्टमा काम गरेर ३० हजार रुपैँया कमाउँदै आएकी उनको रोजगारी समेत गुम्यो । दुर्घटनापछि खुट्टा भाँचियो । भाँचिएको खुट्टामा स्टिल हालेको ठाउँमा इन्फेक्सन भएर सुनिन थालेपछि सरस्वती झन् चिन्तामा परेकी छिन् ।

उनले आफ्नो खुट्टामा समस्या भएको भन्दै पौडेललाई भनेपनि उपचार खर्च दिएका छैनन् । आर्थिक अवस्था कमजोर रहेका कारण सरस्वतीले आफैं उपचार गराउन सक्ने अवस्था समेत छैन । त्यसैले अहिले उनी सहयोग माग्दै सञ्चारमाध्यमका कार्यालय, प्रहरीका कार्यालय, विराटनगर महानगरपालिकाकाको कार्यालय धाईरहेकी छिन् । पौडेल भरसक राजबंशीसँग सम्पर्कमै आउन चाहिरहेका छैनन् ।

यता पौडेलले भने उनको स्टिल झिक्न दिएको म्यादमा आफुले गर्नुपर्ने सहयोग बाहेक बाँकी केहि नरहेको बताए । विराटनगर १२ का वडा अध्यक्षले सरस्वतीको घरपरिवारको आर्थिक अवस्था कमजोर भएकोले उपचारमा समेत राम्रो ध्यान नदिएको बताए । वडा अध्यक्ष कामतले पीडितको उपचार गराउनु पर्ने जिम्मेवारीबाट कोहि भाग्न नहुने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्