विराटनगरमा नौजना बालबालिका उद्धार र पुर्नस्थापना

<span class='c1'>विराटनगरमा नौजना बालबालिका</span> <span class='c2'>उद्धार र पुर्नस्थापना</span>

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्ष विभिन्न विपद् तथा जोखिममा परेका नौजना बालबालिकालाई उद्धार गरेको छ । जोखिममा रहेका बालबालिकालाई उद्धारपछि परिवारमा पुर्नस्थापनामा महानगरपालिकाले उद्धार गरेको हो ।

महानगरपालिकाले बाल उद्धार गरी परिवारमा पुर्नस्थापनाका लागि विभिन्न काम गर्दै आएको छ । महानगरपालिकाले विभिन्न संस्थाहरुको सहयोगमा उद्धार गरिएका बालबालिकाको संरक्षण समेत गर्ने गर्दछ । एसो.एस.बालग्राम, सिविन नेपाल, राष्ट्र बाल अधिकार परिषद्, दिर्घकालिन पुर्नस्थापना गृह, एबीसी नेपाल लगायत संस्थाहरुले महानगरपालिकासँगको समन्वयमा बालबालिका उद्धार गर्दै आएका छन् ।

महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख मन्जु लोहनीका अनुसार विराटनगर महानगरपालिकाले बालश्रममा रहेका एकजना बालकको उद्धारपछि परिवारमा पुर्नस्थापना गरेको छ । उद्धार गरिएका बालबालिकालाई अल्पकालिन संरक्षण गरेर मनोपरामर्शपछि परिवार मिलन गराइएको हो । उद्धार गरिएकामध्ये दुईजना बालक र सातजना बालिका रहेका छन् ।

उद्धार गरिएकालाई अल्पकालिन संरक्षण, परिवार मिलन, मनोपरामर्श, सुरक्षित आवास जस्ता सेवाहरु प्रदान गरिदैं आएको छ ।
महानगरपालिकाले ५७ दिनको शिशुदेखि १६ वर्षका बालकसम्मको उद्धार गरेको हो । सीमा क्षेत्र नजिक भएका कारण विभिन्न वहानामा भारत लगेर बालबालिकालाई जोखिममा पार्ने समस्या रहेको देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्