विराटनगरको सिटी प्यालेसले बिल बिजक जारी नगरी फोटो खिचेको शुल्क असुल्छ

<span class='c1'>विराटनगरको सिटी प्यालेसले बिल बिजक जारी</span> <span class='c2'>नगरी फोटो खिचेको शुल्क असुल्छ</span>

इशु पन्त
विराटनगर । अहिले बिहे पार्टी, जन्मोत्सव र अन्य विविध कार्यक्रमको लागि निकै चर्चामा रहेको विराटनगर–९ स्थित सिटी प्यालेसमा फोटो खिच्दा समेत शुल्क असुल्ने गरिएको छ । आफ्ने व्यक्तिगत क्यामेराले फोटो खिचे वापत तीन हजार रुपैँया शुल्क लिने गरिएको हो ।

यसरी लिइएको शुल्कको बील बिजक भने जारी गर्ने गरिएको छैन । सिटी पार्टी प्यालेसले फोटो खिचे बापत शुल्क असुल्ने सूचना भने काहीँ पनि राखिएको छैन । आम नागरिकलाई जानकारी गराउन सूचना पार्टीमा उल्लेख नगरेको विषय सिटी प्यालेसमा मनलाग्दी लिने गरिएको हो ।

‘हामी फोटो खिच्न लाग्दा एक्कासी गार्ड आएर क्यामरा खोस्न खोजे’ एकजना सेवाग्राहीले भने–आफ्नो क्यामराले फोटो खिचेको तीन हजार शुल्क लाग्छ भनेपछि हामीले सूचना पार्टी कतै छ की भनेर हेरेका थियौं, तर काहीँ थिएन । सुरुमै जानकारी नभएको कारण एकदमै अफ्ठयारो महसुश गर्नु परेकोले यस्तो स्थानमा पूर्व जानकारीका लागि सूचना टाँस गर्नुपर्ने उनीहरुले बताए । प्यालेस प्रशासनले मौखिक रूपमा मात्र यो शुल्कको जानकारी दिने गरेको पाइएपछि धेरै पाहुना असन्तुष्टि जनाउँदै फर्कने गरेका छन् । कतिपयले लज्ज्ति समेत हुनु परेकोले फर्केर पुनः नजाने प्रतिवद्धता समेत व्यक्त गर्ने गरेका छन्।

नेपालको उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार, कुनै पनि सेवा प्रदायकले आफ्नो सेवाका शुल्कको बारेमा स्पष्ट र लिखित सूचना उपभोक्तालाई उपलब्ध गराउनुपर्ने प्रावधान छ। यस ऐनको धारा १२ मा भनिएको छ–सर्वसाधारणले स्पष्ट रूपमा बुझ्ने गरी सबैले देख्ने ठाउँमा आफूले प्रदान गर्ने सेवाको प्रकृति र सो सेवा प्राप्त गरे बापत उपभोक्ताले तिर्नु पर्नेमा भनिएको छ, तर, सिटी प्यालेसमा यो प्रावधानको पालना गरिएको देखिंदैन। यसले उपभोक्ता संरक्षण ऐनको उल्लंघन भएको स्पष्ट हुन्छ। कुनै सूचना वा नियम नै नलेखेको त्यही माथि सेवाग्राहीसँग मौखिक मात्रै भनेर पैसा असुल गर्न खोज्ने प्रवृती छ । प्यालेसमा प्रशासनको कर्माचार्यले आफूले बिल दिने चलन नभएको तर चाहियो भने हामी उपलब्ध गर्न सक्छौ भनिन् ।

सिटी प्यालेसका सञ्चालक भगवान राठी अनुसार आफ्नो व्यापार नभएको तर भित्र काम गर्ने स्टाफहरूले आफूलाई खाजा खर्च लिएको बताउँछन्। बिल बिजक जारी नगरी अवैध रुपमा लिइने शुल्कले विवादमा परिन्छ भनेर उनले कर्मचारीलाई दोषारोपण गरेका छन् । आफ्नो खुसी अनुसार ५ सय रुपैयाँदेखि ३ हजार रुपैयाँसम्म मनमर्जी शुल्क लिने गरेकोले धेरै सेवाग्राही अचम्मित समेत पर्ने गरेका छन् ।

बाबा ग्रुपका भगवान राठी र उनका छोरा पवन राठी सञ्चालक रहेको प्यालेसले विराटनगर महानगरपालिकामा नक्सा पास नगरी बनाएको विषय समेत बाहिर आएको थियो । यसले सार्वजानिक जग्गा मिचेर बाटोलाई समेत असजिलो बनाएको भन्दै विराटनगर महानगरपालिकाले अनुगमन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्