विराटनगरमा व्यापारीहरुबाट पैसा असुल्दै गर्दा भुपु ईन्सपेक्टर पक्राउ

<span class='c1'>विराटनगरमा व्यापारीहरुबाट पैसा असुल्दै</span> <span class='c2'>गर्दा भुपु ईन्सपेक्टर पक्राउ</span>

विराटनगर । आमसर्वसाधरणलाई प्रहरी हुँ भन्दै धाक धम्की दिएर पैसा असुली गर्ने एक नेपाल प्रहरीका भुपु प्रहरी निरीक्षक (ईन्सपेक्टर ) पक्राउ परेका छन् ।

विराटनगर महानगरपालीका ८ का ५८ वर्षीय गणेशमान श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले असुली गरेको रकम सहित सोमबार दिउँसो पक्राउ गरेको हो ।

प्रहरी हुँ भन्दै विराटनगर ६ का राजकुमार भगतबाट नगद १० हजार रुपैयाँ लिएको प्रमाणसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए ।

श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ, ’उनले भने,‘अहिले घटनाको थप अनुसन्धान भईरहेको छ ।’ अन्य व्यक्तिहरुबाट पनि पैसा असुली गरेको हुन सक्छ, त्यसमा हामी लागि परेका छौँ । थप अनुसन्धानपछि मात्र अरु कुरा खुल्ने प्रवक्ता बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्