कोशी अस्पतालमा हाइड्रोसीलको निःशुल्क उपचार

<span class='c1'>कोशी अस्पतालमा हाइड्रोसीलको</span> <span class='c2'>निःशुल्क उपचार</span>

विराटनगर । विराटनगरमा रहेको कोशी अस्पतालमा हाइड्रोसील भएका बिरामीको निःशुल्क शल्यक्रिया हुने गरेको छ । विगत सात वर्षदेखि कोशी अस्पतालमा निःशुल्क शल्यक्रिया हुने गरेको हो ।

तीन वर्षमा २४८ जनाको शल्यक्रिया गरिएको अस्पतालका फोकल प्रशन डा. क्षितिज गिरीले जानकारी दिए । प्रत्येक वर्ष कोशी अस्पतालमा हाइड्रोसिलको उपचार गर्ने बिरामीको संख्या बढ्दै गएको उनले बताए । आर्थिक वर्ष २०७८/०७९ मा कोशी अस्पतालमा ६२ जना हाइड्रोसिलका विरामीको शल्यक्रिया गरिएको छ । आर्थिक वर्ष आर्थिक वर्ष २०७९/०८० मा ६५ जनाको लक्ष्य लिएकोमा ८४ जना हाइड्रोसील भएका बिरामीको शल्यक्रिया गरिएको कोशी अस्पतालका मेडिकल अधिकृत गोविन्द कटुवालले बताए । चालु आर्थिक वर्ष २०८०/०८१ मा १३० जना हाइड्रोसीलका बिरामीको शल्यक्रिया गरिने लक्ष्य रहेकोमा १२४ जनाको गरिएको छ ।

नेपालमा हात्तीपाइले रोगका कारण हाइड्रोसिलका बिरामी बढेपछि सरकारले निःशुल्क शल्यक्रियाको व्यवस्था गरेको हो । उक्त कार्यक्रम अन्तर्गत नै कोशीले विगत ७ वर्षदेखि निःशुल्क सेवा सुरु गरेको हो । सरकारले प्रत्येक अस्पताललाई एक जना बिरामीको शल्यक्रिया गरेबापत ७ हजार रुपैयाँ उपलब्ध गराउँदैं आएको छ । उक्त रकम बिरामीको शल्यक्रिया र औषधीका लागि पुग्नेछ । कोशी अस्पतालमा हाइड्रोसिलका विरामीको निःशुल्क उपचार हुन्छ भन्ने जानकारी नपाएको कारणले गर्दा पनि लक्ष्य अनुसार नआएको कोशी अस्पतालका मेसु डा.रविराज सिंहले बताए । अस्पतालले हाइड्रोसिलका बिरामीको लागि स्वास्थ्य शिविर पनि गर्दै आएको बताए । ‘शिविर गरेर हाइड्रोसिलका विरामीको स्क्रिनिङ गरिन्छ । त्यसपछि अप्रेसन गरिनुपर्ने बिरामीलाई कोशीमा ल्याएर निःशुल्क गर्दै आएका छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्