विराटनगर १ मा ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई पंखा वितरण

<span class='c1'>विराटनगर १ मा ८० वर्षमाथिका</span> <span class='c2'>ज्येष्ठ नागरिकलाई पंखा वितरण</span>

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १ ले ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई टेबल पंखा वितरण गरेको छ ।
सोमबारदेखि वडा अध्यक्ष काजीबहादुर बस्नेतको नेतृत्वको टोलिले ८० वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकहरूलाई पंखा उपलब्ध गराउन थालेको हो । पहिलो दिन ४० जना ज्येष्ठ नागरिकलाई पंखा वितरण गरिएको वडाध्यक्ष बस्नेतले जानकारी दिएका छन् ।

त्रिवेणीमार्गस्थित ज्येष्ठ नागरिक चौतारीमा आयोजित कार्यक्रममा आउन नसकेकाहरुको घरमै पुगेर पंखा उपलब्ध गराइएको थियो । वडाभित्र १ सय ७० जना ८० वर्षमाथिका ज्येष्ठ नागरिक रहेको तथ्यांकमा उल्लेख छ ।

उनीहरू सबैलाई टेबल पंखा वितरण गरिनेछ । स्वास्थ्य स्वयम्सेवीकाहरुले वडाभर रहेका ज्येष्ठ नागरिकको पहिचान गरेर लगत संलन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्