माहेश्वरी महिला मञ्चले प्रदान गर्यो वाटर फिल्टर

<span class='c1'>माहेश्वरी महिला मञ्चले प्रदान</span> <span class='c2'>गर्यो वाटर फिल्टर</span>

विराटनगर । माहेश्वरी महिला मञ्च विराटनगरले शंकरपुरस्थित जनता नमुना माविलाई खानेपानीको फिल्टर प्लान्ट प्रदान गरेको छ ।

मञ्चले विद्यालयका विद्यार्थी, शिक्षक र सर्वसाधारणले समेत सेवा पाउने गरी विद्यालय परिसरभित्र र बाहिर सडकपेटीमा गरी २ ठाउँमा यस्तो प्लान्ट राखेको हो ।

कुल २ लाख रुपैयाँको लागतमा राखिएका प्लान्टका विद्यालयभित्र र बाहिर दुबैतिरका धाराबाट एक दिनमा २ हजार जनाले लाभ पाउन सक्ने मञ्चले जनाएको छ । विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले मंगलबार दुबै ठाउँमा जडित प्लान्टको उद्घाटन गरिन् ।

उपप्रमुख कार्कीले केही समययता मञ्चले गरेका सेवाकार्यमा आफू उपस्थित भएको उल्लेख गर्दै यसबाट प्रभावित रहेको बताइन् । मञ्चका अध्यक्ष राठीले यस परियोजनामा फिल्टर भएको १५ सय लिटर पानी अट्ने स्टोरेज ट्यांक राखिएको र गर्मी महिनामा चिसो पानी उपलब्ध हुने गरी निर्माण गरिएको जानकारी दिइन् । प्लान्टमा ५ तहको फिल्टर भएको र यसले पिउन योग्य आरओ र युभी सहितको उत्पादन गर्ने अध्यक्ष राठीको भनाइ छ ।
राठीका अनुसार फिल्टरको प्रति घण्टा १२० लिटर पानी उत्पादन गर्ने क्षमता छ।

मञ्चले प्रदान गरेको फिल्टर प्लान्टको मर्मत सम्भार र रेखदेखको काम विद्यालय व्यवस्थापनले गर्ने सहमति भएको छ । कार्यक्रममा अध्यक्ष राठी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोजविक्रम शाहले सम्झौतापत्र हस्ताक्षरपछि आदान प्रदान समेत गरे ।

विद्यालयका प्रधानाध्यापक ईश्वर घिमिरेले केही दिन अघिको गर्मीमा विद्यार्थीहरू पर्याप्त पिउने पानी नपाएर अप्ठेरोमा परेको बताए । प्रअ घिमिरेले चर्को गर्मीमा विद्यार्थीहरू प्यासले छट्पटिइरहेका बेला मञ्चका अध्यक्ष राठी र उहाँको समूह आएर पिउने पानीको प्लान्ट राखिदिन्छु भन्दा आफूलाई जलदेवता आएजस्तै लाग्यो भन्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा महानगरको वडा नम्बर २ का वडा अध्यक्ष कुमार पोखरेल र माहेश्वरी समाज विराटनगरका अध्यक्ष घनश्याम काबराले आआफ्नो विचार व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्