महिला उद्यमीलाई वित्तीय साक्षरता अभिमुखीकरण

<span class='c1'>महिला उद्यमीलाई वित्तीय</span> <span class='c2'>साक्षरता अभिमुखीकरण</span>

विराटनगर । मोरङ उद्योग व्यापार संघ महिला उद्यम समितिले वित्तीय साक्षरता र व्यवस्थित लगानी योजनाको विषयमा जानकारीमुलक अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । महिला उद्यमीहरुका लागि ‘फाइनान्सियल लिट्रेसी इन्भेस्मेन्ट एण्ड सिस्टमेटिक इन्भेस्टमेन प्लानिङ्ग’ को विषयमा जानकारी गराएको हो ।

सिद्धार्थ क्यापिटल लिमिटेडको सहकार्यमा आयोजित अभिमुखीकरण कार्यक्रममा प्रशिक्षकको रुपमा मेनेजर प्रकाश सुवेदीले सहजीकरण गरेका थिए । महिला उद्यम समितिकी संयोजक श्रुती शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका उद्योग उपाध्यक्ष बिकास कुमार बेगवानी रहेका थिए ।

संघको महिला उद्यम समितिकी सदस्य जीना श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा मोरङ उद्योग व्यापार संघका पदाधिकारी, कार्यसमिति सदस्य, युवा उद्यम समिति तथा महिला उद्यम समितिका संयोजक तथा सदस्यहरुको उपस्थिति रहेको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्