शिक्षादीप कलेजमा विज्ञान विषयमा प्रवेश परीक्षा दिनेको संख्या दुई हजार बढी विद्यार्थी

<span class='c1'>शिक्षादीप कलेजमा विज्ञान विषयमा प्रवेश परीक्षा</span> <span class='c2'>दिनेको संख्या दुई हजार बढी विद्यार्थी</span>

विराटनगर । विराटनगर महानगरपालीका ९ मा रहेको शिक्षादीप कलेजमा विज्ञान संकाय तर्फ प्रवेश परीक्षामा २ हजार बढी विद्यार्थीले परीक्षा दिएका छन् ।

विज्ञान र व्यवस्थापन संकायतर्फ गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको शिक्षादीप कलेजले बुधबार विज्ञान संकायको प्रवेश परीक्षा राखेको थियो । प्रवेश परीक्षामा कोशी र मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका २ हजार ३ सय २७ जनाले प्रवेश परीक्षा दिएको कलेजले जनाएको छ ।


विज्ञान संकायको मात्र भएको परीक्षामा ८ सय सिटका लागि लिएको परीक्षामा २ हजार ३ सय २७ जना विद्यार्थीले सहभागी जनाएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडकाले जानकारी दिए ।

जेहेन्दार विद्यार्थीहरु पैसाको अभावमा पढ्न चाहने विद्यार्थीहरुलाई नि:शुल्क पढाउने समेत प्रिन्सिपल खडकाले बताए । सरकारी स्कुलबाट उत्कृष्ट तीनमा पर्ने विद्यार्थी तथा जेहेन्दार विद्यार्थीलाई समेत पूर्ण छात्रवृद्धि पद्रान गर्ने प्रिन्सिपल खडकाले उद्धघोष गरे । काठमाडौ बाहिर नेपालको १ नं कलेजको रूपमा दावी गर्दै आएको कलेजले विराटनगरदेखि काठामाडौंसम्मका ख्याति प्राप्त प्राध्यापक राखेर विद्यार्थीहरूलाई अध्यापन गराउदै आएको छ । व्यवस्थापन संकाय तर्फको प्रवेश परीक्षा असार १९ गते रहेको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्