विराटनगरको अरनिको कलेजमा एक हजार ९ सय भन्दा बढी विद्यार्थीले दिए प्रवेश परिक्षा

<span class='c1'>विराटनगरको अरनिको कलेजमा एक हजार ९ सय</span> <span class='c2'>भन्दा बढी विद्यार्थीले दिए प्रवेश परिक्षा</span>

विराटनगर । विराटनगरको अरनिको कलेजमा कक्षा ११ का भर्ना हुने नयाँ विद्यार्थीलाई प्रवेश परीक्षा दिएका छन् ।

बुधबार कलेजले विज्ञान विषयमा अध्ययन गर्न ८ सय सिटका लागि करिब १ हजार ९ सय ३ जना विद्यार्थीले परीक्षा दिएका हुन् । कलेजका प्रिन्सिपल राजेश कार्कीले अरनिको कलेज प्रति विश्वास गर्ने अभिभावक र विद्यार्थीलाई धन्यवाद ज्ञापन गर्दै हामी प्रति गरेको विश्वासलाई कलेज प्रसाशनले डगमगाउन दिने छैन । कलेजले प्राप्त गरेको उचाईलाई अझै थप उचाइमा पुयाउन कडा मेहनत, परिश्रम र लगनशिलका साथ निरन्तरता दिन चाहन्छौँ ।

अरनिको कलेजमा प्रवेश परीक्षा दिएका विद्यार्थीहरूलाई एसईईको अङ्क र प्रवेश परीक्षामा पाएको अङ्कको आधारमा १० हजारदेखि १ लाख रुपैयाँसम्म छुट दिने प्रिन्सिपल कार्कीले बताए । कलेजमा अध्ययन गरेका हाल अमेरिकामा रहेका पूर्व दुई विद्यार्थी दिवस थापा र नीलहरि भण्डारीे कलेजमा कक्षा ११ को विज्ञान संकाय तर्फ अध्ययन गर्न आएका ३ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिएका छन् । थापाले २ जना र भण्डारीले १ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा अध्ययन गराउने छन् । थापाको खर्चमा २ जना गरिब जेहेनदार विद्यार्थी र भण्डारीको खर्चमा सरकारी स्कुलबाट अध्ययन गरेर आएका १ जना विद्यार्थीले निःशुल्क रुपमा अरनिको कलेजमा पढ्न पाउने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्