विराटनगरमा जारी दुई दिने ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल’ सम्पन्न, क-कसले प्राप्त गरे अवार्ड ?

<span class='c1'>विराटनगरमा जारी दुई दिने ‘क्यानडा नेपाल माउन्टेन फिल्म</span> <span class='c2'>फेस्टिभल’ सम्पन्न, क-कसले प्राप्त गरे अवार्ड ?</span>

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा सम्पन्न ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिवल २०२४’ मा एक दर्जन बढी अवार्डसँगै फिल्मी क्षेत्रमा योगदान पुर्याउने सिने कलाकारहरुलाई सम्मान गरिएको छ ।


नेपाल चलचित्र निर्देशक समाजको प्रस्तुतीमा विराटनगरको सिटी सिनेमा हलमा आयोजित दुईदिने क्यानडा नेपाल फिल्म फेस्टिभलमा अभिनेता प्रदीप खड्का र अभिनेत्री मिरुना मगर उत्कृट अभिनेता र अभिनेत्री २०२४ घोषित भएका छन् ।
चलचित्रकर्मी महासंघ कोशी प्रदेशको आयोजनमा दुईदिने ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४’मा प्रदीप ‘प्रेम गीत ३’बाट उत्कृष्ट अभिनेता बन्दा मिरुनाले ‘जारी’ फिल्म्मबाट उत्कृष्ट अभिनेत्री ठहरिएकी हुन् ।


त्यसैगरी बेष्ट निर्देशक फिचर फिल्ममा सन्तोष सेन र स्वर्गिय चेतन गुरुङ, बेष्ट माउन्टने फिल्म ‘प्रेम गीत ३’, बेष्ट टुरिजम फिल्म ‘मन्त्र’, बेष्ट जुरी अवार्ड ‘बिच्छेद’, बेष्ट कल्चर फिल््म ‘जारी’, सर्बोत्कृष्ट अन्तराष्ट्रिय फिल्म क्यानडाको ‘लभ, लष्ट र फाउन्ड’, बेष्ट फिचर फिल्म नेपालको अवार्ड ‘बुलाकी’ले हात पार्यो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण प्रधान लगायतले विजेतालाई अवार्ड प्रदान गरेका थिए ।


त्यसैगरी कार्यक्रममा चलचित्र क्षेत्रमा विशेष योगदान पुर्याउने कलाकार , प्राविधीक, निर्मता ,निर्देशक तथा सञ्चारकर्मीहरुलाई समेत सम्मान गरिएको थियो ।
कोशी प्रदेशका पर्यटन बन तथा बाताबरण मन्त्री नारायण मगरले उद्घाटन गरेको दुई दिन आयोजित फेष्टिभलका लागि नेपालसहित अमेरिका, क्यानडा, भारत, वंगलादेश गरि ५ देशबाट जम्मा ४३ चलचित्र प्राप्त थिए ।


चलचित्र विकास वोर्डको सहकार्यमा किङडम इन्टरनेशनल र डब्लुसिसिएन सहयोगी संस्थाको रुपमा जोडिएको फेष्टिभलले नेपाली कलासंकृति तथा पर्यनटका विकास विस्तारमा टेवा पुग्ने फेष्टिवलका निर्देशक अरुणकुमार प्रधानले बताए । कोशी प्रदेशलाई एउटा छुटै चलचित्र नगरी बनाउनको लागी चलचित्रकर्मी महासंघ कोशी प्रदेशले यहाका चलचित्र पत्रकार संघ नेपालसँग समन्वय गरी विविध कार्यक्रम गर्दै आउन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्