फुर्सद भए विराटनगरमा दिउँसो पनि जीम

<span class='c1'>फुर्सद भए विराटनगरमा</span> <span class='c2'>दिउँसो पनि जीम</span>

विराटनगर । जीम एण्ड फिटनेस क्लवले प्रायः बिहान र साँझ सेवाग्राहीलाई सेवा दिने गर्दछन् । फिटनेसका लागि समय छनौट गर्नेहरुले पनि बिहान वा साँझ नै छान्छन् । तर, विराटनगर–४ कन्चनबारीको सजिलो फिटनेटले दिउँसो पनि जीम खुल्ला गर्ने भएको छ ।

सञ्चालक सन्जय साहका अनुसार गृहणी महिलाहरुलाई लक्षित गर्दै दिउँसोको समयमा जीम खुल्ला गरिने भएको हो । घरायसी काम सकेर एक घण्टाको समय शारिरीक अभ्यास गर्न चाहेमा उनीहरुका लागि अवसर दिन खुल्ला गरिएको साहले बताए । साहले भने आफ्नो छोराछोरी पनि विद्यालय जाने, घरमा एक्लै बसेर टिभी वा मोवाइल हेरेर दिन कटाउँदा मानसिक तथा शारिरीक समस्या आउन सक्ने संभावना धेरै हुन्छ । यस्तो समयलाई जीममा गएर शारिरीक व्यायम गरौं भन्ने महिलाहरुका लागि सहज वातावरण सिर्जना गरिएको साहले बताए ।

सजिलोले केहिदिन अगाडी स्वास्थ्य शिविर समेत सञ्चालन गरेको थियो । शिविरमा जीम गर्ने गृहणी महिलाहरुको स्वास्थ्यमा सकारात्मक सुधार आएको पाइएको थियो । त्यसपछि दिउँसो समेत अवसर दिदाँ अन्य महिलालाई समेत सहज बाटो खुल्ला गर्ने निर्णय गरिएको साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्