विराटनगरको सम्राट स्पोर्टिङ क्लबबाट लिग बिजेता खेलाडी सम्मान

<span class='c1'>विराटनगरको सम्राट स्पोर्टिङ क्लबबाट</span> <span class='c2'>लिग बिजेता खेलाडी सम्मान</span>

विराटनगर असार २२,  सम्राट स्पोर्टिङ क्लबले यस बर्षको मोरङ जिल्ला ए डिभिजन लिग बिजेता आफ्नो खेलाडीलाई एक कार्यक्रम बिच सम्मान गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सम्पुर्ण खेलाडी तथा क्लबका सहयोगीहरुलाई सम्मान गर्नुभएको हो  ।

सम्मान कार्यक्रमका प्रमुख अतिथि हिक्मत कार्की, बिराटनगरका पुर्बप्रधान पन्च राम कृष्ण भट्टराई, क्लबका संरक्षक सन्तोष बानियाँ बिराटनगर महानगर वडा अध्यक्ष ३ बासु बस्नेत , पुर्ब वडा अध्यक्ष ३ बिनोद बस्नेत, युवा समाजसेवी कृष्ण कार्की लगायतको कार्यक्रम उपस्थिति रहेको थियो भने कार्यक्रमको सभापति क्लबका अध्यक्ष किरण गिरिले गर्नु भएको थियो ।

क्लबले मनोज चौहान ,कोहिनुर प्लाइ, जानकी पोलिटेक,बिराटनगर वडा न १ ,माननीय अमनलाल मोदि, रामकृष्ण भट्टराई, नरेश राठि, डम्बर राई, राजिब निरौला ,न्युरो हस्पिटल, एजेलिया स्कुल ,ओम शर्मा, कुमार खतिवडा र पारस हस्पिटल लाई पनि उक्त प्रतियोगित को लागि आर्थिक सहयोग गरेकोमा सम्मान गरेको छ। यस्तै कार्यक्रममा सर्कल अफ फिफ्थ म्युजिकल ब्याडलाई पनि सम्मान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्