विराटनगरमा ग्लोकल टीन हिरो नेपालको १० औं संस्करणको एक्टिभेसन कार्यक्रम सम्पन्न

<span class='c1'>विराटनगरमा ग्लोकल टीन हिरो नेपालको १०</span> <span class='c2'>औं संस्करणको एक्टिभेसन कार्यक्रम सम्पन्न</span>

विराटनगर । ग्लोकल प्रालीद्वारा आयोजित ग्लोकल टीन हिरो नेपाल २०२४ को १०औं संस्करणको एक्टिभेसन कार्यक्रम विराटनगरमा सफलतापूर्वक सम्पन्न भएको छ।

यस कार्यक्रमले देशभरका प्रतिभाशाली किशोर-किशोरीहरूलाई पहिचान गर्ने र सम्मान गर्ने उद्देश्य राखेको छ। विराटनगरका आदर्श मावि, विनायक बोर्डिङ स्कुल र कोशी विद्या मन्दिर लगायतका विद्यालयहरूमा आयोजित अन्तरक्रिया कार्यक्रममा धेरै प्रतिभाशाली युवाहरू भेटिएको आयोजकले जनाएको छ। यस वर्षको कार्यक्रममा समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रामिङ, उद्यमशीलता, वातावरण संरक्षण लगायतका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका किशोर-किशोरीहरूलाई सहभागी हुन आह्वान गरिएको छ।

गोल्छा ग्रुपद्वारा प्रस्तुत यस कार्यक्रमको आवेदन भर्ने अन्तिम मिति जुलाई ३०, २०२४ तोकिएको छ। विजेताहरूको घोषणा सेप्टेम्बर १, २०२४ मा हुने अवार्ड कार्यक्रम र सम्मेलनमा गरिने जनाइएको छ। आयोजकका अनुसार, "यो कार्यक्रम किशोर-किशोरीहरूको प्रतिभा उजागर गर्ने र उनीहरूले समाजमा पुर्याएको योगदानलाई सम्मान गर्ने एक महत्त्वपूर्ण प्लेटफर्म हो।"

ग्लोकल टीन हिरो नेपालले युवा प्रतिभाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्दै आएको छ र यसले नेपालका युवाहरूमा रहेको अपार सम्भावनालाई उजागर गर्ने आशा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्