विराटनगर बास्केटबल एकेडेमीको नयाँ बास्केटबल कोर्ट निर्माण सम्पन्न, प्रशिक्षण सत्र सुरु

<span class='c1'>विराटनगर बास्केटबल एकेडेमीको नयाँ बास्केटबल कोर्ट</span> <span class='c2'>निर्माण सम्पन्न, प्रशिक्षण सत्र सुरु</span>

विराटनगर । विराटनगर बास्केटबल एकेडेमीले हालै नयाँ ३X३ बास्केटबल कोर्ट निर्माण सम्पन्न गरेको छ।

विराटनगर र वरपरका बास्केटबल प्रेमीहरूको मागलाई मध्य नजर गर्दै कोर्टमा निर्माण गरिएको विराटनगर बास्केटबल एकेडेमीले जनाएको छ।

एकेडेमीले नयाँ बास्केटबल कोर्ट ओल्ड स्कुल द सोसाइटीको परिसरमा निर्माण गरेको छ। यसले विराटनगरका युवा खेलाडीहरूलाई उत्कृष्ट प्रशिक्षण वातावरण प्रदान गर्नेछ। एकेडेमीका अध्यक्ष सरोज लम्सालले भने, "बास्केटबल खेल प्रेम सबैको सहयोगले हामीले यस नयाँ कोर्टको निर्माण पूरा गर्न पाउँदा गर्व गर्दछौं। यो कोर्टले हाम्रा खेलाडीहरूलाई अझ उत्कृष्ट खेल कौशल विकास गर्न मद्दत पुर्याउनेछ।"

प्रशिक्षण सत्रका लागि आवेदन खुल्ला गरिसकिएको छ र इच्छुक खेलाडीहरूलाई छिटोभन्दा छिटो आवेदन दिन प्रोत्साहित गरिएको छ। प्रशिक्षण सत्रहरूमा सहभागी हुने खेलाडीहरूले अनुभवी प्रशिक्षकहरूबाट निर्देशन प्राप्त गर्नेछन् र आफ्नो खेललाई नयाँ उचाइमा पुर्याउने अवसर पाउनेछन्।

विराटनगर बास्केटबल एकेडेमीले विभिन्न उमेर समूहका खेलाडीहरूको प्रशिक्षणका लागि यस कोर्टको उपयोग गर्ने योजना बनाएको छ। यसले स्थानीय खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने लक्ष्य राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्