विराटनगर–२ मा उभिदैछ आईफिल टावर, टर्निङ्गमा खिचिने ध्यानले दुर्घटना जोखिम

<span class='c1'>विराटनगर–२ मा उभिदैछ आईफिल टावर,</span> <span class='c2'>टर्निङ्गमा खिचिने ध्यानले दुर्घटना जोखिम</span>

विराटनगर । विराटनगर–२ शंखरपुर, जनता स्कुल चौक (सोमबारे हाट) मा सडक ठ्याक्कै टर्निङ हुने क्षेत्रको उत्तरतर्फ आईफिल टावर स्टलेसन गर्न थालिएको छ । तीनपैनी चौकबाट पश्चिम–शंकरपुर– दुर्गाचौक निस्कने सडकको सोमबारे हाट क्षेत्रमा टर्निङ्ग पोइन्ट छ । सडक टर्निङ्ग हुने बित्तिकै उत्तरतर्फको सार्वजानिक जग्गामा टावर स्थापना गरिएको हो ।

दुर्गाचौकबाट बाट पूर्व पानी ट्याङ्की, पश्चिम बरगाछी र उत्तर पोखरीया स्कूल जोड्ने सडक छ । कटहरी औद्योगिक करिडोरका लागि छुट्ने माल तथा इन्धन वहाक सवारी बरगाछीबाट डाइभर्ट भएर तीनपैनी–शनिहाट–हाटखोला निस्कने गरेका छन् । सडक नजिकै टावर स्थापना गर्दा संभावित दुर्घटनाको जोखिमलाई ख्याल नगरेको कतिपयको गुनासो छ ।

विराटनगर महानगरपालिका वडा नम्बर २ ले यो टावर स्थापना गरिरहेको छ । वडा अध्यक्ष कुमार पोखरेलले पहिलो चरणमा यसको स्टलेसन खर्च नै तीनलाख पुगिसक्न आँटेको जानकारी दिए । उनका अनुसार टावर त्यहाँ स्टलेसन गरिसकेपछि रङ्गरोगन र लाइटिङ, भुँडमा टाली बिछ्याउने, केहि बिरुवा रोप्ने र बस्ने सुविधाको प्रवन्ध गरिने छ । सबै काम सक्दा १५ लाख हाराहारीको खर्च आउन सक्ने अनुमान अध्यक्ष पोखरेलको छ ।

मोरङ व्यापार संघले २०८० पुसमा लगाएको मेलामा यो टावर आकर्षणका लागि राखेको थियो । त्यो स्टिल संरचना बिक्री गर्दा कवाडीको मूल्य मात्रै पाउने भएपछि विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको थियो । मोरङ व्यापार संघले यसको निर्माण १२ लाख रुपैँयामा गरेको जानकारी दिइएको थियो । बनिसकेको संरचना स्टलेसन गर्न मात्रै १५ लाख रुपैँया लाग्ने अनुमान अध्यक्ष पोखरेलले गरेका छन् ।

अध्यक्ष पोखरेलसँग टर्निङ्गमा स्थापना गरिएको टावरले हुनसक्ने संभावित दुर्घटना जोखिम आंकलन किन नगरिएको ? भनेर प्रश्न गर्दा उनले भने–बरगाछीबाट छुट्ने मालवहाक र इन्धन वहाक सवारीलाई दुर्गाचौकबाट सिधै पानी ट्याङ्की पठाउने व्यवस्था गर्नुपर्छ।, टावर भएको सोमबारे हाटतर्फ मोडिन रोकिनेछ । सवारीको भीडभाड चलिरहने सडकको टर्निङमा टावरले ध्यान खिच्दा एक आपसमा ठक्कर खाने संभावना अधिक रहेको देखिन्छ । संयोग, टावर स्टलेसनकै प्रक्रियामा सोमबार बिहान दुई मोटरसाइक एकआपसमा ठोकिएको छन् भने आइतबार समेत एउटा दुर्घटना भएको स्थानीयवासीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्