भूकम्पले क्षतिग्रस्त विराटनगरको आदर्श बालिका विद्यालयको भवन जोखिमपूर्ण

<span class='c1'>भूकम्पले क्षतिग्रस्त विराटनगरको आदर्श</span> <span class='c2'>बालिका विद्यालयको भवन जोखिमपूर्ण</span>

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिका–७ स्थित आदर्श बालिका माध्यमिक विद्यालयको भूकम्पले क्षतिग्रस्त भवन जोखिमपूर्ण बनेको छ । विराटनगरको दोस्रो विद्यालय २००८ सालमा स्थापना भएर २०२० सालदेखि सञ्चालनमा आएको थियो ।

तत्कालिन समयमा बनेको पुरानो मोडलको भवन २०७२ सालको भूकम्पको धक्काले चर्किएर जुनसुकै बेला लड्न सक्ने खतरा देखिन्छ । समयानुकल विद्यालयको संरचना मर्मत तथा निर्माण नहुँदा पुरानो भईसकेको भवनलाई भूकम्पको धक्काले थप क्षतिग्रस्त बनाएको थियो ।
यो संरचना जोखिमपूर्ण रहेको संकेतको रुपमा रातो स्टिकर टाँसिएको छ । विद्यालयको मुख्य भवनमा दैनिक कार्य सन्चालन गर्न नसक्ने भएपछि अस्थायी संरचना हुँदै नयाँ भवनबाट दैनिक पठनपाठन र विद्यालय प्रशासन चल्दै आएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २२ कोठे भवन प्रयोग नगर्न निर्देशन दिएको प्रध्यानाध्यापक रमेश नेपालले जानकारी दिए । उनका अनुसार भवन प्रयोग गर्न नसक्ने भएपछि विभिन्न संघसंस्थाको सहयोगमा नयाँ संरचना तयार पारेर काम चलाउँदै आइएको हो । यसको रेट्रोफिटिङ्गका लागि अघिल्लो वर्ष परीक्षण गरिएको भएपनि बजेट अभावपछि काम सुरु भएन ।

पुरानो भवन रेट्रोफिटिङ गर्ने भन्दा नयाँ निर्माण गर्नु उचित देखिन्छ । तर, तत्कालिन समयमा अत्याधिक विद्यार्थीको आवश्यकतालाई महसुश गरेर बनाइएको भएपनि अहिले उक्त विद्यालयमा ५०० को संख्यामा विद्यार्थी छैनन् । तर, क्षतिग्रस्त पुरानो भवन जोखिमपूर्ण रहेकोले संभावित दुर्घटनाको कारण बन्न सक्ने देखिन्छ ।

विद्यालयसँग एक विगाहा १० धुर क्षेत्रफल जग्गा रहेको छ । तर, पुरानो भवन भत्केपछि अहिलेको संरचना व्यवस्थित नहुँदा खुलकुद तथा अतिरिक्त क्रियाकलापमा असहज भएको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्