सामुदायिक विद्यालयमा विद्यार्थीले के–के पाउँछन् सुविधा

<span class='c1'>सामुदायिक विद्यालयमा विद्यार्थीले</span> <span class='c2'>के–के पाउँछन् सुविधा</span>

विराटनगर । सामुदायिक विद्यालयले विभिन्न सेवा सुविधा पाईरहेका छन् । सामुदायिक विद्यालयमा अनिवार्य निःशुल्क शिक्षाका लागि विभिन्न सुविधा उपलब्ध हुने गरेका छन् ।

विद्यार्थीका लागि दिवा खाजाको समेत ब्यवस्था हुने गरेको छ । हाल, विराटनगर महानगरपालिका भित्र ५५ सामुदायिक विद्यालय र २० धार्मिक विद्यालय संचालनमा रहेको छन् । राज्यले सार्वजानिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागी कक्षा १ देखि ८ सम्मको शिक्षा अनिवार्य र निःशुल्क रुपमा प्रदान गरिरहेको छ ।

कक्षा ९ देखि १२ सम्म निःशुल्क रुपमा शिक्षा प्रदान गर्ने व्यवस्था छ । विद्यालय मार्फत कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई दिवा खाजाको ब्यवस्था गरेको छ । यस्तै कक्षा १ देखि ८ सम्मका विभिन्न लक्षित वर्गका विद्यार्थीहरुलाई छात्रवृत्तिको सुविधा दिईएको छ । यसैगरी एक देखि १२ कक्षासम्मका विद्यार्थीले निःशुल्क पाठ्यपूस्ूतकको सुविधा पाईरहेको महानगरका शैक्षिक महाशाखा प्रमुख कृष्ण भट्टराईले जानकारी दिए । हरेक सामुदायिक विद्यालयले सेनेटरी प्याड सहित अन्य स्वास्थ्य सेवा समेत उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्