विराटनगर महानगरले बिरुवा रोप्यो, झारले छोप्यो

<span class='c1'>विराटनगर महानगरले बिरुवा</span> <span class='c2'>रोप्यो, झारले छोप्यो</span>

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकाले बरगाछी–रानी सडकको सौन्दर्यकरणका लागि रोपिएका बिरुवा झारले पुरिएको छ । गत असार १ गते अभियानको रुपमा शुभारम्भ गर्दै रोपिएको बिरुवा झारजंगल भित्र हराउन थालेको हो ।

महानगरपालिकाका प्रमुख नागेश कोइरालाले अभियानको शुभारम्भमा बिरुवा रोपेका थिए । छलेन सडकको मध्यभागमा रोपिएका बिरुवालाई झाडिले छोपेको हो । उक्त बिरुवा रोप्ने बेला विविध कारण देखाउँदै झाडिमै रोपिएको थियो । त्यसबेला मेयर नागेश कोइरालाले विरुवाको सुरक्षाको जिम्मा समेत महानगरको रहेको दावी गरेका थिए ।

वर्षातमा धेरै झार पलाउँछ । यस बेला वर्षातको पानी पर्याप्त हुँदा विरुवाको राम्रो स्याहार गर्दा सप्रन्छ । तर, झारभाडी भित्रै रहे त्यो लुलो र कमजोर हुँदै जाग्न नपाउँदै मर्छ । नमूनाको रुपमा पहिलो चरणमा कोशी राजमार्गका तीनवटा मेडियन स्ट्रिप्समा बिरुवा रोपिएको थियो । तर, सुन्दर शहर बनाउन रोपिएका बिरुवा बारे स्थानीयवासीलाई अहिले पनि थाहा छैन । स्थानीयको सहभागिता बिनाको अभियानले सार्थकता पाउन नसक्ने नमूनाकै चरणमा देखिएको हो ।

महानगरपालिका सरसफाई शाखा प्रमुख पुनम दाहालले उक्त झाडिलेनै विरुवालाई जोगाइरहेको बताउँछन् । उनले भने सडकमा भएका खुल्ला चौपायाबाट झाडिकै कारण फुलका विरुवा जोगिएका छन् । तर, अब अन्य मेडियनमा विरुवा रोप्दा प्लाटिकको प्रयोग गरिने दाहालले बताए । प्लास्टिक ओछ्यायर विरुवा रोप्दा अन्य झाडि उम्रन नदिने हुँदा विरुवाको विकास राम्रो संग हुन्छ । साथै महानगरले स्थानियबाट सकारात्मक प्रतिक्रया पाईरहेको दाहालको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्