विराटनगरको रविशंकर स्कुल र एलसीसीआई ग्लोबल क्वालिफिकेशनबीच सम्झौता

<span class='c1'>विराटनगरको रविशंकर स्कुल र</span> <span class='c2'>एलसीसीआई ग्लोबल क्वालिफिकेशनबीच सम्झौता</span>

विराटनगर। विराटनगरको रविशंकर स्कुल र एलसीसीआई ग्लोबल क्वालिफिकेशन बीच क्याम्ब्रिज अंग्रेजी असेसमेन्ट कार्यक्रम गर्ने सम्झौता भएको छ ।

बालबालिका र युवाहरूलाई अंग्रेजी भाषा सुधार गर्न मद्दत पुर्याउने उदेश्यका साथ सम्झौता गरिएको हो ।

सम्झौता पत्रमा श्री श्री रविशंकर विद्या मन्दिरकी प्रिन्सिपल सीमा अग्रवाल र एलसीसीआई ग्लोबल क्वालिफिकेशन (क्याम्ब्रिजका प्रतिनिधि) तर्फबाट डा. रोशन राठीले हस्ताक्षर गरेका छन् । सम्झौता भएको कार्यक्रम भनेको अंग्रेजी सिक्न र प्रमाणित गर्ने अन्तर्राष्ट्रियस्तरको क्याम्ब्रिज युनिभर्सिटीद्वारा मान्यता प्राप्त मानिएको छ । हालै यो कार्यक्रम विराटनगरस्थित इनोभेटिभ लर्नर्सले ल्याएको छ।
विद्यार्थीको उमेर र क्षमताको आधारमा विभिन्न लेभलहरु तय भएको कार्यक्रम रहेका छन् ।
• Pre A1 Starters

• A1 Movers •

A2 Flyers •

A2 Key for Schools

• B1 Preliminary for Schools

• B2 First for Schools

• C1 Advanced

• C2 Proficiency

विश्वव्यापी मापदण्ड अनुसारको भाषा तथा पाठ्यक्रमको प्रमुख आवश्यकता रहेको बेला बालबालिकाहरुलाई सानै उमेरदेखि अन्तराष्ट्रियस्तरको शिक्षाउन्मुख गराउन यसले सहयोग गर्ने बताइएको छ । हाल इनोभेटिभ लर्नर्सले कक्षा १ देखि कक्षा ४ सम्मका विद्यार्थीहरुको लागि २५ विद्यार्थीप्रति समूहको हुने गरि ‘प्री ए–१ स्टार्टर र ुए–१ मुभर’ बाट सुरु गर्दैछ । यो कक्षा हप्तामा ३ दिन १.५ घण्टाको हुनेछ। हप्तामा ३ दिन बेलुका ५ बजेदेखि ६:३० बजे संचालन हुने इनोभेटिभ लर्नर्सले जनाएको छ। कक्षा सम्पन्न भएको प्रत्येक ६ महिनामा परीक्षा हुने र क्याम्ब्रिज युनिभर्सिटिद्वारा सर्टिफाइड प्रमाणपत्र प्रदान गरिने जनाईएको छ ।

२०८० को एसईई परीक्षामा यस विद्यालयका सम्पूर्ण विद्यार्थीले ए प्लस र ए ल्याउन सफल भएका थिए । उनीहरुको विशेष सम्मान समेत विद्यालयले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्