विराट टिचिङमा क्यान्सर ‘सर्भाइभर’ हरुको भेला

<span class='c1'>विराट टिचिङमा क्यान्सर</span> <span class='c2'>‘सर्भाइभर’ हरुको भेला</span>

विराटनगर । इस्टर्न क्यान्सर सर्भाइभर सपोर्ट ग्रुपले विराट क्यान्सर इन्स्टिच्यूटमा सोमबार पहिलो पटक मोरङ–सुनसरीको भेला आयोजना गरेको छ ।

क्यान्सर सभाईभरहरुलाई एकै ठाउँमा भेला गरिएको हो । भेलामा बोल्दै विराट मेडिकल कलेज टिचिङ हस्पिटलका निर्देशक डा. दिप्तेश अर्यालले आगामी दिनमा सपोर्ट ग्रुपले क्यान्सरका बिरामीहरुलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने हेतुले हातेमालो गरिने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै हस्पिटलका उपाध्यक्ष डा.निकिता कार्कीले इस्टर्न क्यान्सर सभाइभर सपोर्ट ग्रुप सबैको साझा संस्था भएको बताउनुभयो । उहाँले क्यान्सर एउटा घरको मात्र समस्या नभएर सिंगो समाजको समस्या भएकोले आगामी दिनमा यसका लागि योजना बनाएर काम गर्ने जानकारी दिनुभयो ।

त्यस्तै कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा. अस्मिता रायमाझीले क्यान्सर भएपछि के कस्ता समस्याहरुको आइलाग्छन र तिनीहरुको सामना गर्ने कसरी भन्ने विषयमा आफ्नो प्रस्तुती दिनुभएको थियो । त्यस्तै कार्यक्रममा साइको सोसल काउन्सिलर तुलसा कार्कीले क्यान्सरबाट उत्पन्न तनाव व्यवस्थापन कसरी गर्ने भनेर व्यवहारिक रुपमा आफ्नो प्रस्तुती दिनुभएको थियो । कार्यक्रममा क्यान्सर सचेतना सम्बन्धी विएस्सी दोस्रो वर्षका विद्यार्थीहरुले नाटक प्रस्तुत गरेका थिए ।

क्यान्सर सर्भाइभरहरुलाई एकै ठाउँ भेला गराएर क्यान्सर विरुद्ध लड्न एकजुट भएर लड्न एवं एकअर्कालाई हौसला प्रदान गर्न कार्यक्रमको आयोजना गरिएको क्यान्सर सर्भाइभर एवं कार्यक्रमका संयोजक कमल पोैडलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्